Logo

पर्यटन क्षेत्र: स्वदेशी लगानी ४ अर्बले घट्दा विदेशी लगानी ४ अर्बले बढ्यो

पर्यटन क्षेत्र: स्वदेशी लगानी ४ अर्बले घट्दा विदेशी लगानी ४ अर्बले बढ्यो



काठमाडौं । यो बर्ष पर्यटन क्षेत्रमा करिव ४ अर्बले लगानी घटेको छ । गत आबको पुस मसान्तसम्म उक्त क्षेत्रमा १० अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएपनि चालु आवमा भने उक्त लगानी प्रतिवद्धतामा करिव ४ अर्बले ह्रास आउँदै ६ अर्ब ५५ करोड रुपैयाँमा सिमित भएको हो ।

चालु आवको पुस मसान्त सम्म ६ अर्ब ५५ करोड रुपैयाँ कुल पुँजी भएका ७९ ओटा उद्योग दर्ता भएपनि गत आबको तुलनामा लगानी भने घटेको उद्योग विभागको पछिल्लो तथ्यांकले देखाएको छ । गत आवको सोही अवधिमा भने करिब १० अर्ब ४२ करोड ५ लाख रुपैयाँ लगानीका जम्मा ७४ ओटा पर्यटन सम्बन्धी उद्योग दर्ता भएका थिए ।

यस क्षेत्रमा स्वदेशी लगानी घटेपनि विदेशी लगानीमा भने उल्लेख्य सुधार आएको छ । गत बर्षको तुलनामा पर्यटन क्षेत्रमा विदेशी लगानी ४ अर्बले बढेको छ । गत आबमा पर्यटन क्षेत्रमा जम्मा १ अर्ब ५० करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएकोमा चालु आबमा भने उक्त लगानी करिव ४ अर्बले बढ्दै ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । नेपालमा हाल २५ लाख जना सम्मलाई सुविधा दिनसक्ने होटलहरु भएको र सोही अनुसार नयाँ होटलमा लगानी गर्न धेरै लगानीकर्ताले इच्छा नदेखाएकाले होटल क्षेत्रमा लगानी घटेको होटल एशोसिएशन अफ नेपाल (हान) का महासचिब विनायक शाह बताउँछन ।

‘नेपालमा हाल रहेका विभिन्न नयाँ तथा पुराना होटलहरुले सक्दो सेवा दिईरहेका छन,’ उनले भने, ‘यस क्षेत्रका लगानीकर्ताहरुले पनि होटलको संख्या हेर्दै लगानी गर्ने हुनाले लगानी घटेको हो ।’

उनका अनुसार १५–२० वर्ष पुराना होटलले पनि साज सज्जा गर्दै ग्राहकलाई सेवा दिन सक्नु पर्छ । ग्राहकलाई सेवा सुविधा दिन आफ्नो होटलको लगानी बढाउँदा नयाँ लगानीमा नगनिने र पुरानै लगानीमा जाने भएकाले पनि नयाँ लगानी कम भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL