Logo

रेस्टुरेन्ट तथा बारहरुमा १० प्रतिशत सेवाशुल्क नलाग्ने, यस्तो छ निर्णय

रेस्टुरेन्ट तथा बारहरुमा १० प्रतिशत सेवाशुल्क नलाग्ने, यस्तो छ निर्णय



काठमाडौं । अब रेस्टुरेन्ट तथा बारहरुमा १० प्रतिशत सेवा शुल्क नलाग्ने भएको छ ।

हालसम्म विभिन्न रेस्टुरेन्ट तथा बारहरुले आफ्ना ग्राहकबाट लिँदै आएको १० प्रतिशत सेवाशुल्क काठमाडौं, पोखरा तथा सौराहामा हटाइएको रेस्टुरेन्ट तथा बार एसोसियसन नेपाल (रेबान) ले जानकारी दिएको छ ।

संघको सोमबार काठमाडौंमा बसेको बैठकले उक्त सेवा शुल्क हटाएको घोषणा गरेको हो । विभिन्न रेस्टुरेन्ट तथा बारहरुले ग्राहकहरुबाट अतिरिक्त सेवा शुल्क भन्दै २० प्रतिशत सेवाशुल्क लिने गरेपछि चौतर्फी विरोध भएको थियो ।

सोही विरोधलाई मध्यनजर गर्दै संघले प्रेस विज्ञप्ती जारी गर्दै उक्त शुल्क हटाएको जानकारी दिएको हो ।

आफ्नो विज्ञप्तीमा रेबानले उपभोक्ताको हित तथा अनुरोधलाई ध्यानमा राखी सोमबार बाटै उक्त सेवाशुल्क हटाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL