Logo

सरकारले विकास साझेदारको १ अर्व ११ करोड डलर परिचालन गर्यो

सरकारले विकास साझेदारको १ अर्व ११ करोड डलर परिचालन गर्यो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२७, चैत, काठमाडौं । सरकारले आव २०१३/१४ मा विभिन्न विकास साझेदार मार्फत कुल १ अर्ब ११ करोड अमेरिकी डलर विकास सहायता परिचालन गरेको छ । जसमध्ये विकास साझेदारहरु मार्फत १ अर्व ४ करोड अमेरिकी डलर परिचालन गरेको छ भने अन्तरराष्ट्रिय गैर सरकारी संस्था मार्फत ७ करोड ६० लाख अमेरिकी डलर परिचालन गरिएको अर्थमन्त्री डा. रामशरण महतले जानकारी दिए । ‘यो रकम गत आवको तुलनामा १५ करोड अमेरिकी डलर बढी हो,’ अर्थमन्त्रालयमा आयोजित विकास सहायता प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले भने, ‘गत वर्ष सो रकम ९६ करोड अमेरिकी डलर मात्र परिचालन भएको थियो ।’

सरकारले विकास साझेदारबाट प्राप्त कुल सहायतामध्ये ६६ प्रतिशत अनुदान, १८ प्रतिशत ऋण सहायता र १६ प्रतिशत प्राविधिक सहायताको रुपमा परिचालन गरेको छ ।

finance-minister

आव २०१३/१४ मा करिव ५६ वटा अन्तरराष्ट्रिय गैर सरकारी संस्थाबाट ७६ मिलियन अमेरिकी डलर प्राप्त गरेको थियो । सो रमक नेपालका १ सय १० वटा परियोजनामा परिचालन भएको थियो ।

पछिल्लो समय विकास साझेदारहरुबाट सहयोग प्राप्त रकम पनि सरकारी बजेटबाटै खर्च हुने क्रम बढ्दै गएको अर्थमन्त्री डा. महतले जानकारी दिए । पहिला विकास साझेदारहरुले धेरैजसो रकम आफुखुशी खर्च गर्र्दै आएका थिए जसले गर्दा सो रकम सरकारी खर्चमा देखिँदैन्थ्यो । तर, पछिल्लो समय सरकारले यस्ता खालका रिपोर्ट प्रकाशित गर्न थालेपछि उनीहरुबाट भएका खर्च पनि समावेश हुन थालेको छ ।

विकास साझेदारबाट परिचालित कुल रकममध्ये ७१ प्रतिशत रकम राष्ट्रिय बजेट प्रणालीमार्फत खर्च हुँदै आएको छ । हाल जम्मा २९ प्रतिशत रकम मात्र बजेट प्रणालीभन्दा बाहिरबाट खर्च भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

सो अवधिमा नेपालमा बढी सहयोग गर्ने बहुपक्षिय विकास साझेदारमा विश्व बैंक समुह रहेको छ । सो अवधिमा उसले कुल २ सय ७६ दशमलव ७७ मिलियन अमेरिकी डलर सहायता प्रवाह गरेको थियो । यस्तै, द्धिपक्षिय विकास साझेदारमा भने वेलायत रहेको छ । उसले आव २०१३/१४मा १ सय ५१ दशमलव १३ मिलियन अमेरिकी डलर सहायता प्रवाह गरेको थियो ।

development-cooperation-report

सवैभन्दा बढी रकम सामाजिक क्षेत्रमा

विकास साझेदारबाट प्राप्त रकममध्ये सवैभन्दा बढी सामाजिक क्षेत्रमा खर्च हुँदै आएको छ । आव २०१३/१४ को तथ्याङक अनुसार ३९ प्रतिशत रकम सामाजिक क्षेत्रमा परिचालन भएको देखिन्छ । यस्तै, दोस्रो बढी खर्च पूर्वाधारमा भएको छ । सो अवधिमा २६ प्रतिशत रकम पूर्वाधारमा परिचालन भएको देखिन्छ । पछिल्लो सयम विकास साझेदारहरुबाट प्राप्त रकम पूर्वाधारमा बढी भएको भएपनि परिभाषामा मेल नखादा सामाजिक क्षेत्रमा बढी हुन गएको अर्थमन्त्री महतले जानकारी दिए । ‘हाम्रो परिभाषामा खानेपानी, ग्रामिण सडकजस्ता क्षेत्र सामाजिक क्षेत्रमा रहेको छ,’ उनले भने, ‘त्यस्ता काम पनि पूर्वाधार निर्माण नै हुन् ।’ यस्तै, बृहत आर्थिक नीति र आर्थिक विकास नीति तर्फ २५ प्रतिशत रकम परिचालन भएको देखिन्छ ।

४ सय ४३ आयोजनामा रकम परिचालन

सो अवधिमा देशका कुल ४ सय ४३ परियोजनामा विकास साझेदारहरुबाट प्राप्त रकम परिचालन भएको छ । जसमा सवैभन्दा बढी यूरोपियन युनियनका ७५ वटा आयोजना रहेको छ । उसले विभिन्न २१ वटा मन्त्रालयमार्फत सो आयोजना संचालन गरेको थियो । त्यसैगरी, संयुक्त राष्ट्र संघ समुहले ७४ वटा आयोजना संचालन गरेको छ । सो अवधिमा एसियाली विकास बैंकले ६९ वटा आयोजना संचालन गरेको थियो भने विश्व बैंक समुह र नर्वेले क्रमश ४० र ३३ वटा आयोजना संचालन गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL