Logo

भोलि र पर्सिको आम हडताल फिर्ता, चौतर्फी आग्रहलाई मोर्चाले मान्यो

भोलि र पर्सिको आम हडताल फिर्ता, चौतर्फी आग्रहलाई मोर्चाले मान्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२४ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले भोलि र पर्सिको आमहडताल फिर्ता लिएको छ । नागरिक समाज, निजी क्षेत्र, सरकारलगायतबाट चौतर्फीरुपमा आग्रह तथा दबाब आएपछि मोर्चाले आमहडताल फिर्ता लिने निर्णय गरेको हो ।

मंगलबार पहिलो दिनका आमहड्तालको समिक्षा गर्न सिंहदरबारमा बसेको मोर्चाको बैठकले आमहड्ताल फिर्ता लिने निर्णय गरेको हो । यससँगै अब भोलि (बुधवार) र पर्सि (बिहीवार)का लागि समेत तय भएको आमहडताल फिर्ता भएको हो ।

प्रधानमन्त्री शुसिल कोइरालालो मोर्चाले मंगलवारदेखि शुरु गरेको आमहडताल फिर्ता लिन मंगलवार नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर आग्रह गरेका थिए । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले समेत दाहाल निवासमै पुगेर उनलाई आम हडताल फिर्ता लिन आग्रह गरेका थिए ।
मोर्चाको वैठकमा दाहालले नै आम हडताल फिर्ता गर्ने प्रस्ताव गरेको एक माओवादीका एक नेताले बताए । तर, यसमा केहि मधेसवादी दलका नेताले भने घोषणा भएको हडताल फिर्ता गर्न नहुने तर्क गरेको उनले दाबी गरे । यद्यपी करीब साढे २ घण्टाको छलफल पछि मोर्चा आम हडताल फिर्ता लिने निर्णयमा पुगेको हो ।
मोर्चाको आगामी २७ गते वस्ने वैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जानकारी दिइएको छ ।

आम हडताल फिर्ता भएछि निजी क्षेत्र समेत उत्साही बनेको छ । महासंघका कार्यबाहक अध्यक्ष पशुपति मुरारकाले सवैको आग्रहलाई मानेर आम हडताल फिर्ता लिइनु स्वागतयोग्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्