Logo

वाईडबडी खरिदबारे लेखा समितिमा जुहारी, प्रतिवेदन संशोधन गर्न माग

वाईडबडी खरिदबारे लेखा समितिमा जुहारी, प्रतिवेदन संशोधन गर्न माग



काठमाडौं । वाइडबडी विमान खरिदमा भएको अनियमितता बारे छानविन गर्न गठन गरिएको उप समितिको छानविन प्रतिवेदन संशोधन गर्न सांसदहरुले माग गरेका छन ।

शुक्रबार बसेले लेखा समितिको बैठकमा सांसदहरुले उपसमितिले ल्याएको प्रतिवेदन अपूर्ण रहेको भन्दै संशोधनको लागि माग गरेका हुन । बैठकमा बाल्दै हृदयेश त्रिपाठीले समितिका प्रतिवेदन सहि ढङ्गले कार्वान्वयन भएन भने राम्रो सन्देश नजाने बताएका छन ।

उप समितिले ल्याएको प्रतिवेदनमा मन्त्रीहरु कसैलाई नैतिकताको आधार त कसैलाई हदै सम्मको सजाय भन्ने विषय नै गलत रहेको बताएका छन । सांसदहरुले कुन मन्त्रीको पालामा के निर्णय भएको छ सो को आधारमा निर्णय गर्न समेत समितिलाई माग गरेका हुन ।

‘खरिद प्रक्रिया गलत हो भने बोलपत्रका मूल्यांकन गर्नेलाई कारवाही हुन्छ कि हुँदैन,’ त्रिपाठीले भने, ‘तीन सचिव र तीन मन्त्रीलाई एकै प्रकारको कारवाही गर्नुहुँदैन बिमान खरिद गर्नेलाई फरक र अन्यलाई फरक कारवाही हुनुपर्छ ।’

‘एयर बस कम्पनीलाई इमेल गरेको भनिएको छ तर कति रकममा खरिद गरेको भनेर भनिएको छैन’ सुर्य पाठकले प्रश्न गरे, ‘इमेलको जवाफ नआउँदै किन प्रतिवेदन सार्वजनिक गरेको ?’ नेकपाका सांसद लेखराज भट्टले प्रतिवेदनले भ्रस्टाचारको स्रोत नै नखुलाएको दावी गर्दै भ्रष्टाचारको मुख्य दोषी को हो भन्नेकुरा प्रतिवेदनमा खोल्नुपर्ने बताएका छन ।

त्यस्तै सांसद मिनेन्द्र रिजालले भने विमानको इन्जिन एयरबससँगै किन्न सकिन्थ्यो । तर बिचौलियाबाट किनिएकोमा असन्तुष्टी जाहेर गरेका यसको बारेमा पनि अख्तियारले अध्ययन गर्न भन्नुपर्छ ।’

सरकारले उच्च स्तरिय छानविन समिति गठन गरे पनि जसले जे गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कुनै पनि समितिले दखल पुर्याउन नहुने बताएका छन ।

उनले निश्पक्ष छानविनको लागि अख्तियारलाई सहयोग गर्न समेत सबैलाई आग्रह गरेका छन । निगमको वाईडबडीमा भ्रष्टाचार भएको सबैले स्वीकार गरी सकेको अवस्थामा समितिमा जुहारी खेल्न नहुने सांसद अमनलाल मोदीको भनाई थियो ।

त्यस्तै सांसदहरुको प्रश्नको जवाफ दिँदै उपसमितिका संयोजक राजेन्द्र केसीले भने, प्रतिवेदनमा कुनै राजनीतिक रंग नमिसाएको बताएका छन । साथै उनले कसैलाई काखा र कसैलाई पाखा नगरेको समेत स्पष्ट पारेका छन ।

सांसदहरुले अपूर्ण रहेको भन्दै प्रश्नमाथी प्रश्न खडा गरे पछि संयोजक केसीले प्रतिवेदनमा कुनै त्रुटि नभएको समेत दाबी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL