Logo

वाईडबडी खरिद प्रकरण : म निर्दोष छु पूर्व पर्यटन मन्त्री शाही, (विज्ञप्ती सहित)

वाईडबडी खरिद प्रकरण : म निर्दोष छु पूर्व पर्यटन मन्त्री शाही, (विज्ञप्ती सहित)



काठमाडौं । पूर्व पर्यटन मन्त्री जीवन बहादुर शाहीले वाईडबडी प्रकरणमा आफू निर्दोष भएको बताएका छन ।

लेखा समितिको उपसमितिले बुधबार नेपाल बायु सेवा निगमको वाइडबडी बिमान खरिद सम्वन्धमा अध्ययन अनुसन्धान पछि समितिमा पेश भएको प्रतिवेदनमा पूर्व पर्यटन मन्त्री शाही र जितेन्द्र नारायण देबलाई दोषि ठहर्याएको थियो ।

शाहीले एक बिज्ञप्ती प्रकाशित गर्दै आफू निर्दोष भएको जानकारी दिएका छन । ‘उप समितिबाट २०७५ साल पौष १८ गते संघिय संसदको सार्वजनिक लेखा समितिमा पेस भएको प्रतिवेदनमा म पुर्व संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री जीवन बहादुर शाहीलाइ समेत खरिद प्रक्रियामा दोषी ठहर्याइ नैतिक जिम्मेवारी लिनु पर्ने निष्र्कष निकालिएकोमा यसको गहिरो अध्ययन अनुसन्धान नभएको मलाइ महशुस भएकोछ’ उनले बिज्ञप्तीमा भनिएको छ ।

छानबिन उप समितिले लेखा समितिमा पेस गरेको प्रतिवेदनमा सार्वजनिक खरिद ऐन २०६३ को विपरित सर्तकता नअपनाइ निर्देशन दिन नसकेको र बैना रकम सटही सुविधा प्रदान गर्न तत्कालीन मन्त्री शाहीले निर्णय गरेको सम्बन्धमा निजले नैतिक जिम्मेवारी लिनु पर्ने देखिएकोले कानुन सम्मत कारवाहीका लागि निर्देशन गर्न सिफारिस गर्दछ भनि उल्लेख भएकामा समेत पुर्ण असहमती रहेको जानकारी दिएका छन ।

निगम बोर्डले सम्झौता लगाएत सम्पूर्ण प्रक्रिया सुरु गरी सकेको अवस्थामा बैना रकम बापतको विदेशी मुद्रा सटहीका लागि सिफारिस गर्नुमा सरकारी स्वार्थ वाहेक अन्य कुनै गलत नियत नरहेको समेत जानकारी दिएका छन ।

वाइडबडी विमान खरिद प्रक्रियाको टेण्डर प्रक्रिया एवं सम्झौता प्रक्रिया म मन्त्री पद बहाल हुनु भन्दा अगाढी भइ सकेको अवस्थामा म बाट नेपाल सरकार अर्थ मन्त्रालयमा विदेशी मुद्रा सटहीको सिफारिस मात्र भएको हो बिज्ञप्तीमा भनिएको छ ।

बाइडबडी जहाज खरिद प्रक्रियाको सम्पूर्ण अधिकार तथा जिम्मेवारी स्वायत्त संस्था निगममा रहने हुदा मन्त्रीको कुनै संलग्नता नरहने भएकाले उप समितिको प्रतिवेदनमा मलाइ समेत जोडी नैतिक जिम्मेवारी लिनु पर्ने निष्कर्ष निकालिनुले म माथि अन्याय भएको हुदा गहिरो अध्ययन अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याइ म माथि न्याय दिन समेत आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL