Logo

निगमसँग जहाज नहुँदा ६ देशमा मात्रै उडान, ३३ देशमा कहिले पुग्ला ध्वजाबाहक ?

निगमसँग जहाज नहुँदा ६ देशमा मात्रै उडान, ३३ देशमा कहिले पुग्ला ध्वजाबाहक ?



काठमाडौं । नेपालले हालसम्म ३९ ओटा देशमा हवाई सम्झौता गरे पनि निगमले ६ ओटा देशमा मात्रै उडान गर्दै आईरहेको छ ।

हाल निगमले हङकङ, मलेसिया, थाइल्यान्ड, दोहा, दुबई, भारतको दिल्ली, बैङ्गलोर, तथा मुम्बईमा उडान गर्दै आएको छ । निगमको जहाज अन्य मुलुकमा जान नसक्नुको कारण भने एउटै रहेको छ, निगमसँग पर्याप्त मात्रामा जहाज नहुनु ।

निगमले यस अघिनै जापान उडाए पनि पुनः उडान अनुमति लिनु परेको छ । त्यस्तै नेपालले आफ्नो ध्वजाबाहक जहाज उडाउन अस्ट्रिया, बहराइन, बङ्गलादेश, भूटान, फ्रान्स, जर्मनी लगायत ३९ ओटा देशसँग यस अघिनै सम्झौता गरि सकेको छ ।

सम्झौता गरेका ३९ ओटा देश मध्य अहिले निगमले जापान, साउदी अरेविया, चीन तथा दक्षिण कोरीयामा भने जहाज उडाउने तयारी गरेको छ । वाईडबडी जहाज आए पनि साविक भन्दा अन्य मुलुकमा उडान भर्न नसकेको निगमले सम्भवत फेब्रुअरिमा जापान र चीन तथा मार्च भित्र साउदी अरेविया र दक्षिण कोरीयामा जहाज उडाउने छ ।

निगममा विगत २९ वर्ष देखी जहाज नभएकाले पनि यी स्थानहरुमा उडान भर्न नसकेको निगमका प्रवक्ता विजय लामाले जानकारी दिएका छन । लामाका अनुसार विगतमा जहाज ल्याउने काम भएन र भए पनि रोक्ने दुस्प्रयासहरु भएको उनको भनाई रहेको छ ।

‘केही ठूला भनाउँदाहरुले गर्दा जहाज उडाउन खुलेका केही स्थानहरु बन्द गरेकाले आज निगम यो अवस्था सम्म आईपुगेको छ,’ उनले भने । ‘अव हामी विस्तारै उडाउँदै जाने छौं भर्खरै त हामीसँग २ ठूला जहाजहरु आएका छन त्यसले जति सकिन्छ त्यति उडाउँछौं ।’

‘विगतमा के भयो त्यसमा जान चाहान्न तर अव निगम भित्र के भईरहेको छ त्यो सबै बाहिर जनता समक्ष आउने छ । राम्रा कुरालाई मात्रै टेवा दिएर हुँदैन निगम भित्रको नराम्रा पक्ष पनि बाहिर ल्याउनु पर्छ सबैले बुझनु पर्छ’ अनि मात्रै निगमको खस्केको छवि उठन सक्छ लामाले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL