Logo

राष्ट्रिय गौरवका ४ आयोजनाको प्रगती सन्तोषजनक, अघि बढ्न सकेन निजगढ विमानस्थल

राष्ट्रिय गौरवका ४ आयोजनाको प्रगती सन्तोषजनक, अघि बढ्न सकेन निजगढ विमानस्थल



काठमाडौं । राष्ट्रिय गौरवका ५ आयोजनाहरुमध्ये निजगढ विमानस्थलबाहेक अन्य आयोजनाको कार्यप्रगती सन्तोषजनक रहेको पाईएको छ । चौमासिक कार्यप्रगती प्रस्तुत गर्दै शुक्रबार पर्यटन मन्त्रालयले निजगढ विमानस्थल बाहेक अन्य आयोजनाहरुको काम तिव्र भईरहेको जानकारी दिएको हो ।

मन्त्रालय स्तरीय बिकास समस्या समाधान समिति तथा चालु आबको प्रथम चौमासिक समिक्षा कार्यक्रममा बोल्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीले यहि आबभित्रै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको रिह्यावको काम र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुनेगरी काम भईरहेको जानकारी दिएका छन । उनले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको वित्तीय प्रगती २८ प्रतिशत र भौतिक प्रगती जम्मा ६ दशमलव ८ प्रतिशत भएको बताएका छन ।
हाल गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम ५८ प्रतिशत र निजगढ विमानस्थलको १५ प्रतिशत कार्यप्रगती भएको पाइएको छ । यस्तै मन्त्री अधिकारीले विभिन्न आयोजनाहरुको कार्यप्रगती तिव्र गर्नका लागि निश्चित डेटलाईन तोकेर निर्माणका लागि सम्झौता हुनुपर्ने जानकारी दिएका छन । यस्तै उनले निजगढ विमानस्थलको जग्गाको मुआव्जा भने नवढ्ने पनि बताएका छन ।

प्रतिक्रिया दिनुहोस्