Logo

कार्यकाल नसकिँदै भारतीय रिजर्भ बैंकका गभर्नर पटेलले दिए राजिनामा, यस्तो छ कारण

कार्यकाल नसकिँदै भारतीय रिजर्भ बैंकका गभर्नर पटेलले दिए राजिनामा, यस्तो छ कारण



काठमाडौं । रिजर्भ बैंक अफ ईन्डियाका गभर्नर उर्जित पटेलले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो कार्यकाल सकिन ९ महिना बाँकी हुँदै राजीनामा दिएका छन । उनले आफ्नो ३ बर्षे कार्यकाल सन २०१९ को सेप्टेम्बर सम्मको भएपनि कार्यकाल नसकिँदै सोमबार राजिनामा दिएका हुन ।

उनले बैंकको वेबसाईटमा आफ्नै व्यक्तिगत कारणले उक्त पदबाट राजिनामा दिए बताएपनि भारतीय संचारमाध्यममा उनले पदबाट राजीनामा दिनुलाई संकास्पद रुपमा हेरिएको छ ।

उनले बैंकमा काम गर्दासम्म सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिएका छन । बैंक र सरकारबीचको विवादका कारण उनले उक्त पदबाट राजिनामा दिएको कतिपय संचारमाध्यमले बताएका छन । २ महिनाअघि बैंकका डेपुटी गभर्नर भाईरल आचार्यले आरबीआईको स्वतन्त्रताका लागि गरेको कडा भाषणले पनि गभर्नरको पद धरापमा परेको हल्ला भारतीय संचारमाध्यममा रहेको पाईन्छ ।

यस्तै पटेलको सुरुवाती देखि नै सरकार उनिप्रति असन्तुष्ट थियो । जसका कारण पटेललाई सरकारले मुद्रा अवमूल्यन गरेको पनि आरोप लगाएको थियो । तर पटेलले आफुमाथी सरकारले लगाएको विभिन्न आरोपहरु सहेर बसेका थिए । बरु उनी सरकारले आफुलाई लगाएको आरोप घटाउन तिर लागे । जब उनलाई लगाएको मुद्रा अवमूल्यनको आरोपबाट उनि पन्छिए त्यसपछि उनले विभिन्न निजी तथा सरकारी बैंकमा निगरानी बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL