बिजखबर संवाददाता
जनता बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराइले राजीनामा दिएका छन् । बैंक संचालक समितिसँगको असमझदारीका कारण उनले राजीनामा दिएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार भट्टराईले हिजो राजीनामा दिएका हुन् । बैकको हिजो बसेको संचालक समितिको बैठकले उनको राजीनामा हिजै स्वीकृति गरिसकेको छ । राजीनामा दिएकै दिन स्वीकृति गरिनुले पनि व्यवस्थापन र संचालक समितिबीत असमझदारी रहेको उक्त स्रोतको दावी छ ।
उनी झण्डै डेढ वर्ष अधि बैंकको सीईओ भएर गएका थिए । उनलाई बैंकमा प्रवेश गर्दा २ वर्षको नियुक्ती दिएको थियो । तर, उनले सो कार्यकाल पुरा नहुँदै राजीनामा दिएका छन् ।
बैंक छैठौं वर्षमा प्रवेश गरेको छ । आगामी सोमबार वार्षिक साधारणसभा हुँदैछ ।
हाल बैंकको चुक्ता पूँजी २ अर्व ६ करोड रुपैयाँ रहेको छ । बैकमा ८ सय ३७ जना संस्थापक सदस्य रहेको छ । वैकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १० करोड नाफा गरेको थियो ।
बैंकको ३४ वटा शाखा कार्यालय रहेको छ ।