Logo

विश्वका उत्कृष्ट गन्तव्यहरुको सुचीमा समेटियो नेपाल, यी हुन उत्कृष्ट १९ गन्तव्य

विश्वका उत्कृष्ट गन्तव्यहरुको सुचीमा समेटियो नेपाल, यी हुन उत्कृष्ट १९ गन्तव्य



काठमाडौं । विश्वका उत्कृष्ट १९ गन्तव्यहरुको सुचीमा नेपाल पनि समेटिएको छ । हालसालै विश्वको पर्यटन सम्बन्धी र्याङिकङ गर्ने ‘ट्राभल’ नामक म्यागेजिनले नेपालको होटललाई उत्कृष्ट सुचीमा राखेसँगै नेपालको सडक यात्रालाई पनि विश्वको आनन्दमय यात्राको रुपमा सुचीमा समावेश गरेको छ ।

यस्तै सोही म्यागेजिनले विश्वका उत्कृष्ट तथा साहसिक गन्तव्यमा पनि नेपाललाई अटाएको छ । म्यागेजिनले नेपालमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म खुला तथा निलो आकासको अवलोकनसहित विभिन्न रोमाञ्चक दृश्यहरुको अवलोकन गर्न पाईने बताएको छ ।

साथै नेपाललाई उक्त गन्तव्यहरुको सुचीमध्ये ११ औँ स्थानमा राख्दै तेन्जिङ हिलारी विमानस्थल लुक्लालाई दृश्यावलोकनको लागि विशेष स्थान चयन गरेको छ । म्यागेजिनले नेपालको उक्त दृश्यावलोकन गर्नका लागि काठमाडौंको जोस्टलमा बस्ने प्रतिरातको ४ दशमलव ६९ युरो र बेलायतबाट काठमाडौंसम्मको हवाई भाडा ५ सय ७१ युरो लाग्ने जानकारी दिएको छ । म्यागेजिनले उक्त साहसिक तथा उत्कृष्ट गन्तव्यको सुचिमा टर्कीलाई समेटेको छ ।

यी हुन उत्कृष्ट १९ गन्तव्य

  • श्रीलङका
  • टर्की
  • इजरायल
  • फिलिपिन्स
  • बेलिज
  • ईन्डोनेशिया
  • अर्जेन्टिना
  • मेक्सिका
  • दक्षिण कोरिया
  • टोरन्टो क्यानडा
  • नेपाल
  • ईक्वाडोर
  • चिली
  • सिङगापुर
  • भारत
  • ग्रीस
  • स्विजरल्यान्ड
  • पेरु
  • मोरक्को

प्रतिक्रिया दिनुहोस्
MBL