काठमाडौं । नेपाल राष्ट्र बैंकले म्याक्स मनिलाई नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाएको छ ।
म्याक्स मनिले रेमिटान्स कारोबार वापतको भुक्तानी नगरेपछि राष्ट्र बैंकले नेपालमा कारोबार गर्न बन्देश लगाएको हो । राष्ट्र बैंकले आज एक विज्ञप्ती जारी गर्दै मलेसियास्थित कम्पनी म्याक्स मनि एसडीएन विएचडीसँग कारोबार नगर्न क र ख बर्गका बैंक वित्त संस्थाहरुलाई निर्देशन दिएको छ ।
म्याक्स मनिले नेपालमा हिमालयन बैंकसँगको सहकार्यमा नेपालमा रेमिटेन्सको भुक्तानी गर्दै आएको थियो । पोष्टपेड रेमिटको व्यवस्था हुँदा ग्राहकबाट पैसा लिने तर बैंकलाई भुक्तानी नदिने गर्दै बदमाशी गरेको हुँदा नेपालका कारोबार नै रोक लगाएको हो ।
म्याक्स मनिलाई आगामी दिनमा नेपालका कुनै पनि बैंक तथा वित्तीय संस्था र रेमिटेन्स कम्पनीसँग कारोबार गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।