काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले ट्याक्सी पार्किङलाई पार्किङ भवन मल्टीस्टोरीमा सारेको छ ।
ट्याक्सी पार्किङमा पार्क गर्दा सवारी साधनको चाप बढे पछि पार्किङ भवनमा सारेको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिएका छन । तिवारीका अनुसार आजैबाट सो ट्याक्सी पार्किङलाई कार्वान्वयनमा ल्याएको छ ।
निजी सवारी तथा ट्याक्सी विमानस्थलभित्र पार्किङ गर्दा यात्रुलाई हिडनै समस्या भए पछि ट्याक्सी पार्किङलाई पार्किङ भवनमा सारेको हो ।
अहिले माथील्लो पार्किङमा खुल्ला रहेको र तल्लो पार्किङ भवनमा ट्याक्सी पार्क भईरहेको तिवारीले जानकारी दिएका छन ।
‘जथाभावी रुपमा गाडी पार्क गर्दा यात्रुलाई असाध्यै असुविधा भएकै कारणले गर्दा पार्किङ भवनमा पार्क गर्ने निर्णय गरेको हो तिवारीले भने ।
आजबाट खाली भएको ट्याक्सीबेमा हरियो नम्बर प्लेट भएका १० ओटा र कालो नम्बर प्लेट भएका १० ओटा मात्रै ट्याक्सी हुनेछन ।
बाँकी सम्पूर्ण ट्याक्सी अहिले नयाँ बनेको भवनमा पार्किङ गरिएको हुनेछ तिवारीले भने ।