बिजखबर संवाददाता
२० चैत, काठमाडौं । बहुप्रतिक्षित माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म आयोजनाको ७३ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
कुल ३५ अर्व २९ करोड रुपैयाँ लागतमा बन्न लागेको सो आयोजनाबाट ४ सय ५० मेगावाट विद्युत उत्पादन हुनेछ ।
यो पूर्णरुपमा स्वदेशी लगानीको आयोजना हो ।
आयोजनाले दोलखावासीलाई १० प्रतिशत, नागरिक लगानीकोषमा पैसा सञ्चय गर्ने कर्मचारीहरूलाई प्रतिव्यक्ति ३८, लगानीकोषका कर्मचारीका लागि प्रतिव्यक्ति २०३३, कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि प्रतिव्यक्ति ३०५०, विमा संस्थानका कर्मचारीलाई १६९५ सेयर उपलब्ध गराएको छ । त्यस्तै नेपाल टेलिकमका कर्मचारीका लागि प्रतिव्यक्ति १६० कित्ता सेयर उपलब्ध गराएको छ
राष्ट्रिय गौरबको आयोजना माथिल्लो तामाकोशीको निर्माण कार्य र प्रगतीबारे अवलोकन गर्न बिजखबर टोलि आयोजना निर्माणस्थल दोलखाको लामाबजर पुगेको थियो । निर्माणधिन तामाकोशी आयोजनामा भइरहेको कामलाई बिजखबरले आफ्नो क्यामेरामा कैद गरेको छ । यसरी भइरहेको छ तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य ।