Logo

निमगले भन्यो, वाईडबडी नियमानुसार नै खरिद गरेको हो, ‘२५ अर्ब तिरेर ल्याएको जहाज हो, यो कुनै केटाकेटीको खेल होईन’

निमगले भन्यो, वाईडबडी नियमानुसार नै खरिद गरेको हो, ‘२५ अर्ब तिरेर ल्याएको जहाज हो, यो कुनै केटाकेटीको खेल होईन’



काठमाडौं । अहिले वाईडबडीकै कारण बजार नराम्रो सँग तातेको छ । तर वाईडबडी खरिदकर्ता अर्थात नेपाल वायुसेवा निगम र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भने चुपचाप छन । बजारमा वाईडबडीको चर्चा चुलिदै गर्दा पनि निगम तथा मन्त्रालयले केही नबोल्नुमा पक्कै पनि अनिमियतता भएको ठहर जोकोहीले पनि गर्न सक्छन ।

त्यसै त केही समय अगाडी प्रधानमन्त्री केपीशर्मा ओलीको डेन्जर जोनमा रहेका पर्यटन मन्त्री रविन्द्र अधिकारीले संचार माध्यममा आफुसँग सो ‘विमान खरिदको कागजपत्र नभएको’ बताउनु र भाडामा ल्याएको त होईन होला भन्नुले पनि विमान भाडामै ल्याएको स्पस्ट हुन आउँछ ।
वाईडबडी विमान निगमले खरिद गरेकै हो भने निगमले किन कागजपत्र सार्वजनिक गर्न सकेनन् । संचार माध्यममा वाईडबडीको चर्चा चलिरहँदा पनि मन्त्रीअधिकारीले किन केही बोल्न सकेनन् ।

निगमले पहिलो जहाज ल्याएको करिब ५ महिना तथा दोस्रो जहाज ल्याएको ४ महिना विति सक्दा समेत कुनै कागजपत्र सार्वजनिक नहुनुले पनि निगममा राम्रै आर्थिक चलखेल भएको हुनु पर्छ होईन भने खरिद गर्दाको कागजपत्र सार्वजनिक हुनु पर्ने विज्ञहरु बताउँछन ।

निगममा अनिमियतता भएको हुन सक्छ किन भने अहिले सम्म विमान खरिदको कागजपत्र हामीले पनि देख्न पाएका छैनौ निगमका एक उच्च अधिकारीले भने । ‘विमान नेपाल आईसके पछि नागरिक उड्डयन प्राधिकरणले के का आधारमा उडान अनुमति दियो हामीलाई थाहा छैन,’ ति अधिकारीले भने । ती अधिकारीका अनुसार छानविन पछि साँचिकै अनिमियतता भएकै हो भने धेरैले आफ्नो ठाउँबाट हात धुएर बस्नु पर्ने अवस्था नआउला भन्न सकिन्न ।

तर निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले भने वाईडबडी चर्चाको विषयमा अन्तरराष्ट्रिय कानून अनुसार विश्वमा उडिरहेको कुनै पनि विमानको स्वामित्व अति महत्वपूर्ण हुने र यसमा सरकारी स्वामित्वको निगम र राज्यको नियमन निकाय प्राधिकरणलाई संका गर्नु भनेको नेपाली समाजमा बढ्दै गइरहेको नकारात्मक सोच र हिनताको भावनाको एक उदाहरण भएको बताएका छन ।

२५ अर्ब तिरेर ल्याएको विमान भाडामा ल्याएको नभई खरिद प्रकृया पुरा गरेरै ल्याएको उनको दाबी रहेको छ । २५ अर्ब तिरेर जहाज ल्याउने भनेको कुनै केटाकेटीले खेल्ने खेल होईन कंसाकारले भने ।

साथै कंसाकारले खरिद प्रकृयामा भएको तथ्य बाहिर ल्याएका छन् । खरिद प्रकृयालाई अधिकतम प्रतिस्पर्धी बनाउने उद्देश्यबाट गरिएको र यसलाई निगमको आर्थिक विनियमावली, २०६५ को विनियम २३६–२ मा समेत समावेश गरिएको हुँदा विनियमावलीको व्यवस्था बमोजिम नै विमान खरिद गरेको उनले जानकारी दिए ।

गत २७ जनवरी २०१७ मा कस्टुमरको तर्फबाट एएआरक्रप र निगमबीच वाईडबडी एयरबस ए ३३०–२०० खरीद सम्झौता भएको थियो । खरीद हुने जहाजमा कस्टुमरको सामुहिक स्वामित्व हुन नसक्ने भए पछि कारोबारको लागि मात्रै स्पेसल प्रोसेस कम्पनी हाईल्फाई एक्स आईर्ल्याण्ड लिमिटेड र निगम बीच सम्झौता भएको निगमले जानकारी दिएको छ ।

निगमले दुईवटा वाईडवडी विमान ए ३३०–२०० खरीद गर्दा सार्वजनिक खरीद ऐन, २०६३ र नेपाल वायूसेवा निगम, आर्थिक विनियमावली, २०६५ बमोजिम विमान खरिद गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL