Logo

पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेन्डरमा भाग लिन प्रतिबन्ध, यस्तो छ निर्णय

पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेन्डरमा भाग लिन प्रतिबन्ध, यस्तो छ निर्णय



काठमाडौं । पप्पु कन्स्ट्रक्सनले कुनैपनि टेन्डरमा भाग लिन नपाउने भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कम्पनीलाई कुनै पनि टेन्डरमा भाग लिन नदिन पत्राचार गरेको हो ।

सिक्टा सिँचाई आयोजनाले उक्त कम्पनीलाई कालोसुचीमा राख्न दिएको निवेदनलाई अध्ययन गर्दा पप्पुलाई तत्काल अन्य ठेका सम्झौता दिएमा देशलाई नै हानिनोक्सानी हुने भएकाले उक्त निर्णय गरेको कार्यालयले जानकारी दिएको हो ।
यस्तै कम्पनीलाई अन्य टेन्डरमा भाग लिन दिएमा सर्वसाधारणमा पनि नराम्रो असर पर्ने कार्यालयको भनाई छ ।

कार्यालयले कम्पनीलाई सार्वजनिक खरिद नियमावली २६४ को नियम १४१ को उपनियम २ मार्फत कालोसुचिको विषयमा कार्यालयबाट टुङगो नलागेसम्म सार्वजनिक निकायको नयाँ खरिद कार्यमा भाग लिन नपाउने गरी रोक लगाएको हो ।

कम्पनीले हालसम्म २ दर्जनभन्दा बढी आयोजनाको ठेकापट्टा लिएपनि उक्त आयोजनाको कामको तिव्रता ज्यादै न्युन रहेको पाइएको छ । यस्तै कम्पनीले कामको ठेका लिँदा काम ढिलाई त छँदैछ काम सम्पन्न भएपति मापदण्ड विपरित कार्य गर्दै आईरहेको पाईन्छ

प्रतिक्रिया दिनुहोस्
MBL