Logo

अटो व्यवसायीको गुनासो, सरकारको नकारात्मक सोचले अटो व्यवसाय धरापमा, विरोधमा उत्रने तयारी

अटो व्यवसायीको गुनासो, सरकारको नकारात्मक सोचले अटो व्यवसाय धरापमा, विरोधमा उत्रने तयारी



काठमाडौं । सरकारले अटो क्षेत्रलाई हेर्ने नजरमा परिवर्तन गर्न नसक्दा सो क्षेत्र पटक पटक चेपुवामा पर्ने गरेको नाडा अटोमोवाईल्स डिलर्स एशोसिएशनका पूर्व अध्यक्ष अञ्जन श्रेष्ठले बताए । ‘बजारमा तरलता अभाव भयो कि सबैभन्दा पहिला अटो क्षेत्रलाई नै धराषयी पार्ने काम गरिन्छ,’ उनले भने, ‘तर यो सरकारको नकारात्म सोच हो ।’

सरकार आफुले राज्य कोषमा पैसा थुपारेर बस्ने अनि बजारमा लगानी योग्य पैसा छैन भन्दै अरुको व्यवसाय धरापमा पर्ने गरी नीति नियम ल्याउनु गलत भएको उनको तर्क थियो । सरकारले आजभन्दा २ बर्ष अघि पनि सवारी कर्जाको सिमा घटाउँदै ५० प्रतिशतमा झारेको थियो । जसका कारण अटो क्षेत्रको व्यापारमा ४० प्रतिशतभन्दा बढीले गिरावट आएको थियो ।

व्यवसायीको आग्रहकै कारण नेपाल राष्ट्र बैंकले अटो कर्जाको सिमालाई बढाएर ६५ प्रतिशत पुर्याउदा चालू आर्थिक बर्षको ३ महिनामा अटो क्षेत्रको व्यापारमा उल्लेख्य वृृद्धि भएको थियो । तर, राष्ट्र बैकले आजै जारी गरेको सर्कुलरका कारण सो क्षेत्रको व्यापारमा ४० देखि ५० प्रतिशतले गिरावट आउने उनको तर्क थियो ।

यसैगरी नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलाल पनि राष्ट्र बैंकको गैर जिम्मेवार काम भएको बताउँछन् । ‘अहिलेको अवस्थामा सवारीकर्जाको सिमालाई ६५ प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्याउनु पर्दथ्यो,’ उनले भने, ‘५० प्रतिशतमा झारेरे राष्ट्र बैंकले ठूलो गल्ती गरेको छ यसको हामी घोर विरोध गर्दछौं ।’

सरकारले आफुले लगानी योग्य रकम जुटाउन नसक्ने तर जनताका छोराछोरीले गाडी चढ्यो भनेर रिस गर्नु सरासर गलत भएको दुलालको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL