Logo

माथिल्लो तामाकोशी सेयरमा ६ अर्ब रुपैयाँको आवेदन, एक हप्ता भित्रै बाँडफाँड हुने

माथिल्लो तामाकोशी सेयरमा ६ अर्ब रुपैयाँको आवेदन, एक हप्ता भित्रै बाँडफाँड हुने



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक सेयरमा ५ दिनमा ६ अर्ब रुपैयाँ भन्दा बढीको आवेदन परेको छ ।

सोमबार सम्ममा परेको आवेदन करिब ३ लाख १७ हजार जना रहेको र सो आवेदनबाट ६ अर्ब रुपैयाँ भन्दा माथी रकम संकलन भएको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिएका छन ।

आयोजनाले सर्वसाधारणलाई जारी गरिएको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयरको लागि कार्तिक १५ गते बिहीबारबाट आवेदन माग गरेको थियो । आयोजनाले माग गरेको सो आवेदनमा ५ दिनमा ३ लाख १७ हजार जनाको आवेदन परेको श्रेष्ठले जानकारी दिएका हुन ।

सर्वसाधरणको लागि छुट्याएको १५ प्रतिशत उक्त सेयर एक हप्ता भित्रै बाँडफाँड हुने आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL