Logo

मंगलबारबाट नेप्सेको अनलाईन ट्रेडिङ, लगानीकर्ताले युजर नेम र पासवर्ड लिएर कारोबार गर्न सक्ने

मंगलबारबाट नेप्सेको अनलाईन ट्रेडिङ, लगानीकर्ताले युजर नेम र पासवर्ड लिएर कारोबार गर्न सक्ने



काठमाडौं । लामो समयदेखि प्रतिक्षामा रहेको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को अनलाईन ट्रेडिङ मंगलबारबाट संचालनमा आउने भएको छ ।

केही सयमअघि देखि मक ट्रेडिङ गर्दै आएको नेप्सेले मंगलबारबाट पूर्ण स्वचालित अनलाईन कारोबार संचालनमा ल्याउने लागेको हो ।
उक्त अनलाईन ट्रेडिङको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेप्सेले अनलाईन कारोबार सुरु गरेसँगै सेयर ब्रोकरहरुले पनि पद्दति अनुरुप सेयर कारोबार गर्नेछन् ।

मंगलबार ११ बजे अनलाईन ट्रेडिङको उद्घाटन गरेसँगै नयाँ सिस्टम अनुसार सेयर खरिद बिक्री हुने नेप्सेमा प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले जानकारी दिए । ‘मंगलबार अर्थमन्त्री ज्यूले उद्घाटन गरेसँगै नेप्सेकोतर्फबाट सबै लगानीकर्ताहरुका लागि अनलाईन कारोबार खुला भयो,’ उनले भने, ‘अब लगानीकर्ताले ब्रोकरसँग युजर नेम, पासवर्ड लिएर कारोबार गर्न सक्छन् ।’

अब अनलाईन ट्रेडिङका लागि नेप्सेकोतर्फबाट सम्पूर्ण काम सकिएको र लगानीकर्ता र ब्रोकरबीचको काम सकिएपछि सहज रुपमा कारोबार गर्न सकिने उनको भनाई थियो । अबका दिनका लगानीकर्ताले ब्रोकरकहाँ केवाईसी फर्म भरेर युजर नेम र पासवर्ड लिएर सेयरको अनलाईन खरिदबिक्री गर्न सक्ने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL