Logo

आजदेखि सर्वसाधरणलाई माथिल्लो तामाकोशीको आईपीओ, १ करोड ५८ लाख कित्ताका लागि आवेदन माग

आजदेखि सर्वसाधरणलाई माथिल्लो तामाकोशीको आईपीओ, १ करोड ५८ लाख कित्ताका लागि आवेदन माग



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सर्वसाधरणको लागि आजबाट सेयर खुल्ला गरेको छ । आयोजनाले सर्वसाधरणको लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयरको लागि (आईपीओ) आवेदन माग गरेको हो ।

आजबाट खुलेको आईपीओका लागि ७७ वटै जिल्लाबाट आवेदन दिन सकिने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिएका छन । उनका अनुसार आवेदकले धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने जानकारी दिएका छन ।

आयोजनाले कार्तिक १५ देखी १९ गते सम्म ५ दिनको समयावधी तोकेर आवेदन खुल्ला गरेको छ । उक्त अवधिमा माग बमोजिम आवेदन परेको खण्डमा १९ गते देखि आवेदन बन्द गर्ने र सो अवधिमा कम आवेदन परेमा कार्तिक १४ गते सम्म आवेदन दिन सकिने आयोजनाले जानकारी दिएको छ । आयोजनाले मेरो सेयरका प्रयोगकर्ताको लागि भने अनलाईबाटै आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

आयोजनाका अनुसार ५० कित्ता देखि १ हजार कित्ता सम्मका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन । तामाकोसी हाइड्रोपावरको सेयरको बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलले रहेका छन ।

त्यस्तै यस अघि स्थानीय दोलखाबासीलाई वितरण गरेको १० प्रतिशत सेयर आवेदन दिन छुटेका जिल्लाबासीले समेत आवेदन दिन सक्ने प्रवक्ता न्यौपानेले बताए । उनका अनुसार यस अघि आवेदन परिसकेका छन भने सो आवेदन स्वत रद्द हुने र यस अघि आवेदन नपरेको भए सर्वसाधरणकै हकमा आवेदन दिन सक्नेछन ।

उक्त आयोजनाले आगामी असारमा विद्युत उत्पादन परीक्षण गर्ने गरी कामलाई तिब्रता दिएको समेत उनले जानकारी दिएका छन । उनका अनुसार असारमा विद्युत उत्पादन परीक्षण गर्ने र आगामी कार्तिकमा ब्यवसायिक उत्पादन गर्ने लक्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL