Logo

नागरिक लगानी कोषको सिईओमा ५ जनाको आवेदन, कसले पाउला नियुक्ती

नागरिक लगानी कोषको सिईओमा ५ जनाको आवेदन, कसले पाउला नियुक्ती



काठमाडौं । नागरिक लगानी कोषको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि पाँच जनाले आवेदन दिएका छन् । उक्त पदका लागि रमण नेपाल, ऋषिराम गौतम, कपिलमणि ज्ञवली, शिवहरि श्रेष्ठ, र शेषरमण आचार्यले आवेदन दिएका हुन् ।

कोषका तत्कालिन प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोखरेलले राजीनामा दिएपछि सो पदमा नयाँ सिईओ नियुक्तीका लागि अर्थमन्त्रालयले छनौट समिति गठन गरेको थियो । हाल सो पदमा ५ जनाको आवेदन परेको र आगामी हप्ता भित्रै नयाँ सिईओ नियुक्त गरिने समेत अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

पदपूर्ति सम्बन्धी सुचना अनुसार ५ जनाको आवेदन परेको र त्यसमध्येबाट एक जना नियुक्त गरिने छ । सोका लागि प्रक्रिया अघि बढेको र तत्काल नियुक्त गरिने समेत अर्थ स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This