Logo

निगमको टारी गाउँएयरपोर्टमा नियमित उडान शुरु, भाडादर ६ हजार रुपैयाँ

निगमको टारी गाउँएयरपोर्टमा नियमित उडान शुरु, भाडादर ६ हजार रुपैयाँ



काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज वाई १२ ले सोमबार देखि दाङको टारी गाउँएयरपोर्टमा नियमित उडान गरेको छ ।

सो जहाजले दाङको १० जना यात्रु सहित काठमाडौंबाट ११ बजेर ४५ मिनेटमा काठमाडौंबाट उड्ने निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिएका छन ।

निगमको जहाजले यही असोज १६ गते उक्त एयरपोर्टमा सफल परीक्षण उडान गरे पछि सोमबार देखि नियमित उडान गर्ने भएको हो ।

काठमाडौं भैरहवा हुँदै दाङको टारी गाउँएयरपोर्ट सम्म उडान गर्ने सो जहाजको हवाई भाडा भने ६ हजार ७० रुपैयाँ कायम गरेको निगमका प्रवक्ता सिग्देलले जानकारी दिएका हुन ।

उनका अनुसार हप्तामा दुई पटक सोमबार र शुक्रबार उडान भर्ने गरी नियमित उडान शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL