Logo

विदेश घुम्ने नेपाली ह्वात्तै बढे, ३५ हजारको प्याकेज ६५ हजारमा पाउन मुस्किल

विदेश घुम्ने नेपाली ह्वात्तै बढे, ३५ हजारको प्याकेज ६५ हजारमा पाउन मुस्किल



काठमाडौं । पछिल्लो समय छुट्टी मनाउन घुम्न जानेको क्रम बढे सँगै नेपालीहरुको मोह थाईल्याण्ड र ईन्डोनेसिया तर्फ आकर्षणमा परेको देखिन्छ ।

विगतमा थाईल्याण्ड तथा मलेसिया घुम्ने नेपालीहरु अहिले ईन्डोनेसिया तर्फ आकर्षित भएको एस ट्राभलका निर्देशक मधुसुदन उपाध्याय बताउँछन । दशैंको मुखमा आएर छुट्टी मनाउन विदेश सयर गर्नेहरुको क्रम बढ्दो छ । यो समयमा टिकट पाउन मुस्किल छ साथै पाईहाले पनि एकदमै महँगो छ उनले भने ।

घुम्ने चाहाना सबैलाई हुन्छ पछिल्लो समयमा मध्यम परिवार देखी हाईलेवलका मानीसहरु दशैंको छुट्टी मनाउन जाने गर्छन । विषेश गरि विदेश घुम्ने गर्छन उनले भने । उनिहरु करिब २ महिना अगाडी देखीनै ट्राभल एजेन्सीजहरु सँग सम्पर्कमा रहन्छन नत्र भनेको समयमा टिकट र भिसा मिल्दैन उपाध्यायले भने ।

थाईल्याण्ड, मलेसिया र ईन्डोनेसिया घुम्न जाने नेपालीहरुले अहिले धेरै पैसा बुझाउनु पर्छ यो समय भनेको नेपालीहरुको लागि फुर्सदिला समय हो त्यसैले पनि धेरै नेपालीहरु घुम्न विदेश जाने गर्छन ।

दशैंको मुखैमा आएर विदेश घुम्न जाने सोच बनाउनु भएको छ भने धेरै रकम खर्चिनु पर्ने हुन्छ उनले भने । कम्तीमा पनि ४० हजार देखी ७० हजार रुपैयाँ सम्म तिर्नु पर्छ त्यो पनि पाईदैन उपाध्यायले भने । सामान्य समयमा यस्तो प्याकेज ३५ हजार रुपैयाँसम्म पाउने उनले बताए । अहिले थाइल्यान्डकै लागि ६५ हजार रुपैयाँ सम्म पुगेको उनले जानकारी दिए ।

दशैंमा घुम्नको लागि २ महिना अगाडीनै बुकिङ गर्नु पर्छ दशैंको मुखैमा आएर बुकिङ गर्छु भनेर कहाँ पाईन्छ र सबै बुक भईसक्यो उनले भने । थाईल्याण्ड, सिंगापुर, मलेसीया, जापान तथा हङकङ अहिले नेपालीहरुको रोजाईमा पर्ने सम्वद्ध बिज्ञहरु बताउँछन ।

विषेश गरि २०७२ सालको भुकम्प पछि बिदेश घुम्ने जाने नेपालीहरुको संख्या बढ्दै गएको छ । अव नेपालीहरुले पनि घुम्नु पर्छ भनेर जानेका छन बुझेका छन उपाध्यायले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL