Logo

निगमको जहाजद्धारा दाङमा सफल परीक्षण उडान, दशैं अगाडीनै नियमित उडान

निगमको जहाजद्धारा दाङमा सफल परीक्षण उडान, दशैं अगाडीनै नियमित उडान



काठमाडौं । नेपाल बायुसेवा निगमले दाङमा सफल परीक्षण उडान गरेको छ । काठमाडौंबाट विहान ९ बजे उडेको जहाज १० बजेर १५ मिनेटमा दाङमा अवतरण गरेको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिएका छन ।

लामो समय बन्द अवस्थामा रहेको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा दशैंलाई लक्षित गर्दै निगमले आज परीक्षण उडान गरेको हो । हप्तामा २ वटा फ्लाईट गर्ने योजना रहेको निगमले दशैं अगाडीनै नियमित उडान गर्ने जानकारी दिएका छन ।

निगमको सानो जहाजले गरेको परीक्षण उडानमा पाइलट, प्राविधिक लगायत स्थानीय जनप्रतिनिधिहरु समेत रहेको सिग्देलले जानकारी दिएका छन ।

उनका अनुसार परीक्षण सफल भए पछि दशैं अगाडिबाटै वाई १२ जहाजबाट काठमाडौं भैरहवा दाङ हप्तामा दुई पटक उडाउने तयारी गरिएको छ । तर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृती लिएर मात्रै नियमित उडानमा जान सक्छौं सिग्देलले भने । उनका अनुसार ति स्थानहरुमा सोमबार र शुक्रबार मात्रै उडान हुनेछ ।

निगमको टिकट ९५ प्रतिशत बिक्री

निगमका प्रवक्ता सिग्देलका अनुसार दशैं लक्षित टिकट करिब ९५ प्रतिशत बुकिङ भईसकेको छ । एनए ६० जहाजको करिब एक महिना अगाडी देखीनै टिकट बुकिङ भएको र वाई १२ को भने १५ दिन अगाडी देखी बुकिङ खुल्ला भएको हो उनले भने ।

निगमका अनुसार दुर्गममा जाने ट्वीनअटरको भने २० गते पछि मात्रै टिकट खुल्ला हुनेछ । सिग्देलका अनुसार अहिले मर्मत भईरहेका २ वटा ट्वीनअटर असोजको १९ गते देखी संचालनमा आउने र २० गते पछि मात्रै टिकट खुल्ला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्