काठमाडौं । नेपाल वायुसेवा निगमको दुई वटा वाईडबडी विमान खरिदमा भएको अनियमितता बारे महालेखा परीक्षकले लेखा परीक्षण छानविन शुरु गर्ने भएको छ ।
‘निगममा वाईडबडी खरिद प्रक्रियामा अनियमितता भएको छ,’ उनले भने, ‘त्यसको छानविनको लागि टोली खटिसकेको छ टोलीले चैत मसान्तमा प्रतिबेदन बुझाउने छ ।’
निगमले गत असार १४ र साउन १० गते वाईडबडी विमान भित्र्याएको थियो निगमले सो वाईडबडी विमान अमेरिकन कम्पनी एएआरसँग खरिद गरेको थियो ।
महालेखाले भने अहिले त्यो कम्पनी नरहेको समेत जानकारी दिएको छ । महालेखाका अनुसार उक्त जहाज खरिद प्रकृयामा करिब ३० करोड ४६ लाख अमेरिकी डलर खर्च गरेको विबरण शुक्रबार सांसद समक्ष पेश गर्दै बदनियतपूर्ण तरिकाले अनियमितता भएको समेत जानकारी दिएको छ ।
सार्वजनिक खरिद ऐनअनुसार नयाँ जहाज खरिद गर्न सोझै निर्माण कम्पनीसँग समन्वय गर्नुपर्ने भए पनि निगमले भने बदनियतपूर्ण तवरले दुई बिचौलिया कम्पनीमार्फत दुई नयाँ वाइडबडी जहाज खरिद गरेको थियो ।
२०७३ चैत २५ गते एएआर कम्पनीसँग दुई वाइडबडी विमान खरिद गर्न निगमले सम्झौता गरेको थियो । सम्झौतमा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार र विक्रेता कम्पनी एएआरका तर्फबाट दिपक शर्माले हस्ताक्षर गरेका थिए ।
सम्झौता पछि निगमले ए३३० दुई वाइड बडी जहाज २४ अर्व रुपैयाँमा खरिद गरेको थियो । रिजालका अनुसार अहिले नेपाललाई जहाज बेच्ने कम्पनी अमेरिकामा नरहेको समेत जानकारी दिएका छन । उनका अनुसार सो कम्पनी जहाज बेच्न मात्र खडा गरिएको थियो कम्पनी अहिले कानुनी रूपमा टाट पल्टिएर खारेज भइसकेको छ ।
तर एयरबस कंपनीको अधिकारिक वेबसाइटमा उल्लेख गरिए अनुसार ए३३० २०० एउटा वाईडबडीको मूल्य २३८.५ मिलियन अमेरिकी डलर पर्ने कंसाकारको भनाई रहेको छ । तीन किस्तामा दुई वटा ए३३० २०० वाईडबडी विमान खरिदको लागि प्रति विमान १०८.१९ अमेरिकी डलरमात्र भुक्तानी गरेको जानकारी दिएका छन ।
निगमले टेण्डर आह्वान गर्नु अगावै अध्ययन विश्लेषण गरी एउटा ए३३० २०० जहाजको करिब ११८.१६ अमेरिकी डलर पर्ने लागत अनुमान गरेको हुँदा मूल्य तुलना गरेकै मान्नु पर्ने निगमको भनाई रहेको छ ।
निगमका अनुसार ११ वटा कम्पनीले प्रस्ताव गरेको मूल्यहरुमा सबै भन्दा कम मूल्यको प्रस्ताव एएआरबाट आएको र सोही कम्पनीलाई स्वीकृत गरिएको जानकारी दिए । साथै खरिद प्रकृया सम्बन्धमा निगमको आर्थिक विनियमावलीको विनियम २३६ को उपविनियम ९२० मा उल्लेख गरेको प्रक्रिया हुबहु अनुसरण गरिएको हुँदा र ११ वटा कंपनीबीच प्रतिस्पर्धा गराई विमान खरिद गरिएकोले ऐन कानून नियम विनियम अनुसार नै गरिएको कंसाकारले जानकारी दिए ।
‘अबौं रकम डलरका कम्पनी अहिले पनि भएको र कम्पनी नभागेको समेत संसाकारको दाबी रहेको छ । विश्वास नलागे वेभसाईटमा गएर हेर्न सक्नु हुन्छ,’ उनले भने । महालेखाले भनेको जस्तो ३० करोड ४६ लाख अमेरिकी डलर खर्च गरेको नभई दुईवटा विमान खरिद गर्दा २४ करोड अमेरिकी डलर खर्च भएको समेत उनले जानकारी दिए ।