Logo

नेपाल एयरलाईन्सको एयरबस चरासँग ठोकियो, जहाजमा क्षती भएपछि ‘ग्राउण्डेड’

नेपाल एयरलाईन्सको एयरबस चरासँग ठोकियो, जहाजमा क्षती भएपछि ‘ग्राउण्डेड’



काठमाडौ । नेपाल एयरलाइन्स (एनएसी) को एयरबस ३२० सिरिजको जहाज बिहीबार साँझ दुर्घटना हुन पुगेको छ ।

मलेसियाबाट आएको सगरमाथा नामको उक्त जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोक्किदा दुर्घटना हुन पुगेको एनएसीका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिएका छन ।

दुर्घटनाबाट मानवीय क्षती नभए पनि जहाजको पखेटाको फल्पमा ड्यामेज भए पछि विमान ग्राउन्डेड भएको छ । नेपाली कलसाइन नाइएन एकेडब्लु रहेको सो जहाज मर्मत पछि मात्र उडान सम्भव हुने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन ।

सगरमाथा नामको उक्त जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोक्किदा ग्राउन्डेड भएको हो ।

एनएसीले भने सो जहाज उडाउन केही समय लाग्ने जानकारी दिएको छ । मर्मतको लागि कम्पनीसँग सम्पर्क गर्नुपर्ने र त्यसको लागि केही समय लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL