Logo

विदेशीले पर्यटकको खोजी र उद्दार गर्न नपाउने, पर्यटकको अनिवार्य बीमा

विदेशीले पर्यटकको खोजी र उद्दार गर्न नपाउने, पर्यटकको अनिवार्य बीमा



काठमाडौं । विदेशी एजेन्टले नेपालमा पर्यटकको खोजी र उद्दार गर्न नपाउने भएको छ ।

पर्यटक खोज, उद्दार, उपचार तथा अनुगमन सम्बन्धी कार्यविधी २०७५ अनुसार विदेशी एजेन्टले नेपालमा पर्यटकको खोजी र उद्दार गर्न नपाउने भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले कार्यविधि २०७५ पारित गर्दै विदेशी कम्पनीको नेपालस्थित एजेन्टले खोज, उद्दार एवं उपचार सम्बन्धी काममा संलग्न हुन नपाउने उल्लेख गरिएको छ ।

उक्त कार्यविधीमा पर्यटक उद्धारको जिम्मा निजी क्षेत्रलाई दिने तर विदेशी एजेन्टलाई नदिने उल्लेख गरिएको छ । तर, प्रत्येक पर्यटकको अनिवार्य रुपमा बीमा गराउनुपर्ने कार्यविधिमा उल्लेख छ । कुनै पनि एजेन्टले बिना बीमा पर्यटकलाई साहसिक गतिविधिमा संलग्न गराए कानुन बमोजिम कार्वाही समेत हुने पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

पर्यटन विभागको बिना स्वीकृति कुनै पनि पर्यटकलाई साहसिक गतिविधिमा संलग्न गराउन नहुने साथै पथ प्रदर्शक साथमा लैजानु पर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

त्यसतै उद्दारमा संलग्न वायुयान तथा हेलिकप्टर कम्पनीले सिजन समाप्त भएको १५ दिन भित्र उद्दार उडानको विवरण दिनुपर्ने साथै स्वास्थ्य संस्थाले पर्यटक उपचार गरेको पर्यटकको डिस्चार्ज भएको १५ दिन भित्र लागत विबरण बुझाउनु पर्नेछ ।

यस अघि ट्राभल, ट्रेकिङ एजेन्सी, अस्पताल, उद्धार संस्था तथा हेलिकप्टर कम्पनीले पर्यटकलाई बिरामी बनाउने र उद्दारको क्रममा ठगी गरेको भन्दै १५ वटा संस्थालाई कार्वाहीको लागि सिफरिस समेत गरेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्