Logo

बिमस्टेक सम्मेलन शुरु, प्रम ओली सम्बोधन गर्दै

बिमस्टेक सम्मेलन शुरु, प्रम ओली सम्बोधन गर्दै



काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलन काठमाडौंको सोल्टी होटलमा सुरु भएको छ ।

बिमस्टेक सम्मेलनमा सहभागि हुन सबै राष्ट्र प्रमुखहरु सोल्टीहोटल पुगिसकेका छन । सम्मेलनलाई प्रधानमन्त्री केपीशर्मा ओलीले अहिले सम्बोधन गरी रहेका छन । ओलीले २२ मिनेट सम्बोधन गर्नेछ ।

सम्मेलनमा अध्यक्ष ओली पछि सदस्य राष्ट्रप्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रम ओलीले सम्मेलनलाई सम्बोधन गर्दै बिम्स्टेकको गहन एकीकरणको अपरिहार्यतामा जोड दिएका छन ।

शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध बिमस्टेक क्षेत्र बनाउन सबै सदस्य मुलुकबाट आवश्यक प्रयास हुने प्रम ओलीले विश्वास लिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL