Logo

बिमस्टेक सम्मेलन उदघाटन ३ बजे हुने, १५ बुँदे काठमाडौं घोषणापत्र जारी

बिमस्टेक सम्मेलन उदघाटन ३ बजे हुने, १५ बुँदे काठमाडौं घोषणापत्र जारी



काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन काठमाडौंमा सुरु हुँदैछ ।

बिमस्टेक सम्मेलनलाई बिहीबार अपराह्न ३ बजे विशेष समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा अध्यक्ष ओली पछि सदस्य राष्ट्रप्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा भाग लिन सबै देशका राष्ट्रप्रमुखहरु काठमाडौं आईसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेयालले जानकारी दिएका छन ।

सम्मेलनमा भारत, भुटान, म्यानमार, श्रीलङका, बङगलादेश तथा थाईल्याण्डका राष्ट्र प्रमुखहरुले भाग लिने भएका छन ।

काठमाडौँ घोषणापत्र जारी गर्दै भदौ १५ गते अपराह्न शिखर सम्मेलन सम्पन्न हुनेछ भने सम्मेलन समाप्तिसँगै बिमस्टेकको अध्यक्षता श्रीलङकाले गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL