Logo

सवारी चाप घटाउन जोरबिजोर प्रणालीको तयारी, यसरी हुनेछन बिमस्टेक सम्मेलनमा सवारी ब्यवस्थापन

सवारी चाप घटाउन जोरबिजोर प्रणालीको तयारी, यसरी हुनेछन बिमस्टेक सम्मेलनमा सवारी ब्यवस्थापन



काठमाडौं । काठमाडौं उपत्यकामा ३ दिन निजी तथा भाडाका सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने भएको छ ।

आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथौ सम्मेलनलाई मध्य नजर गर्दे भदौं १३ गते देखी १५ गते सम्म सम्पूर्ण निजी तथा भाडाका सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने महानगरीय ट्राफिक महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार बिमस्टेक सम्मेलनमा सहभागी हुने विदेशी पाहुना तथा प्रतिनिधिहरूको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन उक्त ३ दिन सो प्रणाली लागु हुने भएको हो । नम्बर प्लेटको अन्तिम अंकको आधारमा जोर बिजोर लागु हुनेछ ।

भदौ १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक ९१, ३, ५, ७, ९० भएका सवारी साधनहरू संचालन हुनेछ । १४ गते भने सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक ९०, २, ४, ६, ८० भएका सवारी साधनहरू संचालन हुनेछ ।

बिमस्टेक सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ

प्रतिक्रिया दिनुहोस्