काठमाडौं । आर्थिक बर्ष २०७४/७५ मा निक्षेप संकलनको तुलनामा कर्जा प्रबाह उच्च रुपमा बढेको छ । गतबर्ष बैंक वित्तीय संस्थामा तरलता उतारचढावको स्थिती रहेपनि कर्जा विस्तार उच्च रुपमा भने बढ्न पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
राष्ट्र बैंकले प्रकशित गरेको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा प्रबाह वृद्धिदर २२ दशमलव ५ प्रतिशतले बढेको छ । तर, सोही अबधिमा निक्षेप संलकनको वृृद्धिदर भने १९ दशमलव २ प्रतिशतमा सिमित भएको छ । बैंक तथा वित्तीय संस्थाहरु अघिल्लो आर्थिक बर्षको तुलनामा गत आबमा कर्जा विस्तार तथा निक्षेप संकलनलाई एग्रेसिभ रुपमा अघि बढाएको तथ्याङ्कले देखाएको छ ।
कर्जा विस्तारको तुलनामा निक्षेप संकलन न्युनमात्रामा बढ्नुले अझै पनि नेपालको वित्तीय अवस्था अझै कसिलो रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । आगामी दिनमा नेपालको वित्तीय अवस्था कसरी चल्न भन्ने विषय नेपाल भित्र्ने विप्रेषण आप्रवाहको वृद्धिदर र पूँजीगत खर्चको अवस्थामा भर पर्ने जानकारी दिएको छ ।