Logo

एक सम्पादक, जो सगरमाथाको फोहोरबाट ग्याँस बनाउन लागिपरेका छन्

एक सम्पादक, जो सगरमाथाको फोहोरबाट ग्याँस बनाउन लागिपरेका छन्



हरेक बर्ष सगरमाथा आरोहण गर्ने समय मे को सुरुवातमा करिब १ हजार २ सय जना कठिन बाटोको सामना गर्दै आरोहण सुरु गर्छन । त्यसमध्ये कतिपयले सगरमाथाको टाकुरो छुन पाउँदैनन भने कतिपय चुचुरोमा पुगेपनि जिवीत रहदैनन ।

शून्य डिग्रीभन्दा तलको तापक्रम  तथा उचाइका कारण हुने बिरामीले आरोहीलाई मृत्युको मुखसम्म पुर्याउँछ । हिउँको खराब असरको खतरा पनि उत्तिकै हुन्छ ।

करिब दुई सयभन्दा बढी बिरामी भएर मृत्यु भएका आरोहीहरुका लास सगरमाथाको भिरालो पाखामा लामबद्ध छन । यसो हुनुमा उनीहरुकै गल्ती देखिन्छ, त्यसैले मानिसहरु आफ्नो मृत्यु देखिदा देखिदै पनि त्यतातिर जान आश्चर्य नभएको ठान्छन ।

सगरमाथा आरोहण गरेको दुई महिनामा आरोहीहरुले लगभग ६० पाउन्ड बिसर्जनयुक्त फोहोर उत्पादन गर्छन् ।

आरोहणको सिजनमा भरियाहरुले आधार शिविर तथा अन्य स्थानबाट १४ टन बराबरको फोहोर बोकेर ल्याउँछन । यसलाई समुद्री सतहभन्दा १ हजार ७ सय फीटको उचाइमा रहेको एक गाउँको नजिकैको हिमतालमा बिसर्जन गर्ने गरिन्छ ।

यदि यसलाई राम्रोसँग तह लगाउन सकिएन भने जमेको मलयुक्त उक्त फोहोरले टाइम बमको रुप लिनेछ र विश्वका सात आश्चर्य मध्येको एक हुने निश्चित छ ।

सन् २०१२ को वासिङ्टन पोष्टमा आउटसाइड म्यागेजिनका सम्पादक ग्रेसन साफले लेखेका छन,‘सगरमाथाको चुचुरो एक मलयुक्त टाइम बम बन्दै गएको छ, यहाँ भएका फोहोरहरु विस्तारै आधार शिविरतिर धकेलिँदै छन ।’ उनी एक सम्पादक मात्रै नभएर इन्जिनियर पनि हुन ।

उक्त लेखमा फोहोरलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर पनि उनले सुझाव दिएका छन् ।  सगरमाथामा रहेको फोहोरलाई बायोग्याँसमा परिणत गरि प्रयोग पनि गर्न सकिने भनेर लेखमा उनले दाबी गरेका छन् ।

उनका अनुसार एक डाइजेस्टरले उक्त फोहोरलाई कुहाएर मिथेन ग्याँस उत्पादन गरि खाना पकाउन सकिन्छ । तर सगरमाथाजस्तो उचाइमा चिसोको कारणले ब्याक्टेरियाले काम नगर्नाले बस्तुहरु कुहिँदैनन ।

ब्याक्टेरियाले नै कुनै बस्तुलाई कुहिनमा सहयोग गर्छन् र  मिथेन लगायतका ग्याँसहरु उत्पादन गर्नमा सघाउँछन । त्यसपश्चात उनले एक तरिका अपनाएर  कसरी चिसो तापक्रमका बस्तुलाई पनि कुहाउन सकिन्छ भनि अनुसन्धान गर्न लागिपरे ।

सगरमाथामा भएको फोहोरलाई जमिनमा राखेर वरिपरीबाट कुहाउने पदार्थ मिलाएर त्यसलाई सोलार पावरको प्रयोग गरि तातो बनाएर कुहाई बायोग्याँस उत्पादन गर्न सकिने गरि उनले आफ्नो अनुसन्धानलाई अन्तिम रुप दिए । उनको यो अनुसन्धानका क्रममा काठमाडौं विश्वविद्यालयका एक अनुसन्धानकर्ताले उनलाई सघाएका थिए ।

हिमालबाट ल्याएको फोहोरबाट उनले निलो रङमा आगो बाल्न सफल भएका थिए । उनीसँगै हिड्ने भरियाले पनि बायोग्याँस उत्पादन गर्नका लागि नेपाल सरकारले स्विकृति दिइसकेको बताएका थिए ।

उनको समुहले सगरमाथाको फोहोर व्यवस्थापन गर्नुका साथै उक्त फोहोरबाट ग्याँस उत्पादन गर्न लागि परेका छन । यसका साथै उनी सगरमाथा लगायत अन्य हिमालहरुको पनि फोहोर यसरी नै व्यवस्थापन गर्न चाहन्छन ।

(क्लेभ आर उट्सन जुनियरको वासिङ्टन पोष्टमा हालै प्रकाशित यो लेखको नेपालीमा भाषानुवाद गरिएको हो । सम्पादक )

प्रतिक्रिया दिनुहोस्