Logo

सवारी दुर्घटनामा मृत्यु भएका परिवारलाई अब १० लाख दिइने, यातायात विभागले थाल्यो प्रक्रिया

सवारी दुर्घटनामा मृत्यु भएका परिवारलाई अब १० लाख दिइने, यातायात विभागले थाल्यो प्रक्रिया



काठमाडौं । तेस्रो पक्ष बीमा मार्फत अब सवारी दुर्घटनामा परी मृत्यु भएका परिवारका सदस्यहरुले शतप्रतिशत रकम अर्थात १० लाख रुपैयाँ पाउने भएका छन । यसअघि ५ लाख मात्रै दिने गरेको सरकारी निकायबाट अब १० लाख पाउने गरि यातायात व्यवस्था विभागले काम अगाडी बढाएको हो ।

हालसम्म सवारी दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई सवारी दुर्घटना मृत्यु क्षतिपुर्तिवापत ५ लाख रुपैयाँ दिने गरेकोमा उक्त रकम कम भएको हुनाले सो रकमलाई शतप्रतिशत बढाई १० लाख पुर्याइने भएको हो ।

यातायात व्यवस्था विभागले यसका लागि बीमा कम्पनीसंग सहकार्य गरि बीमा प्रीमीयम बढाएर सवारी दुर्घटना मृतक बीमा बढाइने विभागका निर्देशक तुल्सीराम अर्यालले जानकारी दिए ।

यसभन्दा पहिले यातायात समितिहरुले सवारी दुर्घटनामा मृत्यु भएका परिवारका सदस्यहरुलाई क्षतिपुर्तिवापत १० देखि १५ लाख सम्म दिदै आएका थिए ।

अब सबै यातायात समितिहरु कम्पनीमा दर्ता हुने प्रक्रिया अघि बढिसकेकोले अब उक्त क्षतिपुर्ति सरकारले तिर्नेगरी नियम ल्याईएको हो ।

यसका साथै उक्त क्षतिपुर्तिका लागि बीमा समिति लगायत सम्बन्धित निकायसंग छलफल अघि बढिरहेको निर्देशक अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL