Logo

सय पदमार्ग गन्तब्य पहिचान गर्न आवेदन माग, प्रत्येक प्रदेशमा १० गन्तब्य निर्माण

सय पदमार्ग गन्तब्य पहिचान गर्न आवेदन माग, प्रत्येक प्रदेशमा १० गन्तब्य निर्माण



काठमाडौं । सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्न १ सय पदमार्ग गन्तब्य पहिचान गर्नका लागि आवेदन माग गरेको छ । पदमार्ग पहिचानको लागि साउन २८ भित्र सबै पदमार्गका आवश्यक कागजात सहित नेपाल पर्यटन बोर्डमा आईपुग्ने गरी आवेदन माग गरेको हो ।

पदमार्ग पहिचानको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले योजना महाशाखा प्रमुख निता पोखरेल अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सोही कार्यदलले साउन २८ भित्र बोर्डमा प्राप्त भएका डकुमेन्टहरुलाई पदमार्गको लागि सिफारिस गरिनेछ ।

सरकारले बजेटमार्फत ल्याएको ‘पहिले देश अनि विदेश’ भन्ने नारा अनुरुप आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनको लागि विषेश अभियान चलाउने उल्लेख गरेको थियो । सोही अनुरुप बोर्डले पर्यटक पदमार्ग गठन गर्न आवेदन माग गरेको हो ।

सरकारले चालु आर्थिक वर्ष भित्रै १ सय वटा नयाँ गन्तब्य निर्माण गरी २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ । योजना अनुसारनै पर्यटन मन्त्री रविन्द्र अधिकारीले प्रत्यक प्रदेशमा १० पर्यटकीय गन्तब्य निर्माण गर्ने बताउँदै आएका छन ।

नयाँ पर्यटकीय गन्ब्यको पहिचानले भारत, चीन जापान लगायतका अन्य मुलुकका पर्यटक भित्र्याउन सहज हुनेछ । नयाँ पदमार्गको पहिचान सँगै नेपाललाई माईस टुरिजम केन्द्रको रुपमा समेत विकास गर्ने पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्