Logo

यी पाँच कम्पनी जसले तिरे सरकारलाई सबैभन्दा बढि कर

यी पाँच कम्पनी जसले तिरे सरकारलाई सबैभन्दा बढि कर



काठमाडौं । आर्थिक बर्ष २०७४/७५ मा सरकारलाई सबैभन्दा बढि कर तिर्नेमा टेलिकम सेवाप्रदायक कम्पनी अगाडि आएका छन् ।

आन्तरिक राजस्व विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आबमा सबैभन्दा बढि कर एनसेलले तिरेको छ । सो आबमा सरकारलाई एनसेलले मात्र १४ अर्ब ७१ करोड रुपैयाँ कर तिरेको छ ।

यसैगरी दोस्रो बढि कर तिर्नेको सूचीपनि टेलिफोन सेवाप्रदायक कम्पनी नै रहेको छ । सो आबमा नेपाल टेलिकमले दोस्रो बढि ९ अर्ब ९६ करोड रुपैयाँ कर तिरेको छ ।

आब २०७४/७५ मा तेस्रो बढि कर तिर्नेको सूचीमा सूर्य नेपाल प्रालि रहेको छ । सुर्य नेपालले गत आबमा ८ अर्ब २७ करोड रुपैयाँ कर तिर्दा चौथो स्थानमा रहेको गोर्खा ब्रुअरीले भने ५ अर्ब ३ करोड रुपैयाँ नेपाल सरकारलाई कर तिरेको छ ।

तथ्याङक अनुसार गत आबमा बैंकिङ क्षेत्रको सबैभन्दा बढि कर तिर्ने कम्पनीमा एभरेष्ट बैंक रहेको छ । सरकारलाई बढि कर बुझाउने शीर्ष पाँच स्थानमा रहँदै २ अर्ब ७८ करोड रुपैयाँ कर तिरेको छ ।

प्रतिक्रिया दिनुहोस्