Logo

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा फ्री वाईफाइ, कामभन्दा कुरा धेरै

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा फ्री वाईफाइ, कामभन्दा कुरा धेरै



काठमाडौं । सरकारले त्रिभुवन विमानस्थलमा दशैदेखि मात्र फ्री वाईफाई उपलब्ध गराउने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले जेठमै १ महिना भित्र सो स्थानमा फ्री वाईफाई उपलब्ध गराउन निर्देशन दिएपनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

पर्यटन मन्त्री अधिकारीले निर्देशन दिए लगतै प्राविधिक टोलीले आन्तरिक तथा अन्तरराष्ट्रिय विमानस्थलमा फ्री वाईफाई राख्न निजी ईन्टरनेट सेवा प्रदायकलाई टेन्डर आह्वान गरेको थियो ।

टेण्डरमा छानिएका वल्र्डलिंकसँग पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले एक महिना अगाडीनै सम्झौता गरी काम अगाडी बढाएको छ । सेवा प्रदायक कम्पनीसँग सम्झौता गरी काम अघि बढाएपनि तोकिएको समय वितेको १ महिना भइसक्दा पनि कार्यान्वयनमा आउन सकेन ।

सम्झौतामा एक महिना भित्रै विमानस्थलमा फ्री वाईफाई दिने भनिएको भए पनि अहिलेसम्म आउटलेटको काम भईरहेको विमानस्थलका प्राविधिक सुरेश शाहले जानकारी दिए ।

शाहका अनुसार एक महिनासम्म परीक्षण समय रहने त्यसपछि मात्र सर्वसाधारणलाई फ्री वाईफाई उपलब्ध गराइने भएको छ ।

‘अहिले आउटलेटको काम चलिरहेको छ वल्र्डलिंकले गत हप्तादेखि मात्र सर्वेको काम सुरु गरेको छ,’ शाहले भने, ‘सर्वेको काम सके पछि विमानस्थलको प्राविधिक टोलीसँग छलफल गरी काम अगाडि बढाइनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL