Logo

पर्यटन मन्त्रालयको पञ्च बर्षीय योजना सार्वजनिक, प्राथमिकतामा अन्तरराष्ट्रिय विमानस्थल

पर्यटन मन्त्रालयको पञ्च बर्षीय योजना सार्वजनिक, प्राथमिकतामा अन्तरराष्ट्रिय विमानस्थल



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो पञ्च बर्षीय कार्यदिशा तयार गरेको छ ।

मन्त्रालयले पञ्च बर्षीय कार्ययोजना अन्तरर्गत अबको ५ बर्ष भित्रमा प्रत्येक प्रदेशमा कम्तिमा एक अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । मन्त्रालयका सहसचिब घनश्याम उपाध्यायले पञ्च बर्षीय कार्यदिशा सार्वजनिक गर्दै उक्त कुरा जानकारी गराएका हुन ।

मन्त्रालयले आगामी ५ वर्ष भित्रमा रणनीतिक महत्वका पूर्वधार र राष्ट्रिय गौरवका आयोजनाहरु, पर्यटन पूर्वधार निर्माण, विकास तथा स्तरोन्नती, नागरिक उड्डयन क्षत्रको विकास, पर्यटन उद्योग, लगानी तथा प्रवद्र्धन लगायत ११ वटा कार्यसूची तयार गरेको छ ।

उपाध्यायका अनुसार ५ वर्ष भित्रमा देशको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रलाई दोब्बर बनाउने र राष्ट्रिय ध्वजाबाहक विमानको संख्या कम्तिमा १० पुर्याइने भएको छ ।

यससँगै नेपालको अन्तरराष्ट्रिय हवाई ब्यापारको ६० प्रतिशत हिस्सा सहित प्रमुख बाहक बन्ने मन्त्रालयले लक्ष्य लिएको छ । त्यस्तै मन्त्रालयले भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थल संचालन गर्ने र निजगढ विमानस्थलको काम ५० प्रतिशत सम्पनन गर्ने भएको छ ।

५ बर्षको लक्षित उपलब्धी

३ वर्ष भित्रमा भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माण सम्पन्न हुने, लुम्बिनीको केन्जोटांगेको योजना, पशुपतिको गुरु योजना, मुक्तिनाथ, रारा, खप्तड, स्वर्गद्धारी र जनकपुरको गुरुयोजना कार्यान्वयन सम्पन्न हुने लक्ष्य राखेको छ ।

यसैगरी सो अबधिमा देशमा २५ लाखभन्दा बढि पर्यटक भित्र्याई सो क्षेत्रबाट देशको कुल ग्राह्स्थ्य उत्पादन (जीडीपी) मा १० प्रतिशत योगदान पुर्याइने भएको छ । साथै ५ वर्ष भित्रमा गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल संचालनमा ल्याइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL