Logo

अन्यौलमा धरहराको शिलान्यास, टेण्डर भयो तर काम भएन

अन्यौलमा धरहराको शिलान्यास, टेण्डर भयो तर काम भएन



काठमाडौं । गत आर्थिक बर्षमै शिल्यान्यास गर्ने भनिएको धरहराको शिल्यान्यास अझै अन्यौलमा परेको छ ।

धरहरा पुन निर्माणको लागि टेण्डर भए पनि टेण्डर हाल्ने ठेकेदारको उजुरीका कारण धरहराको शिल्यान्यास अन्यौलमा परेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार टेण्डर हाल्ने पक्षले प्रधानमन्त्री कार्यालयलाई दिएको उजुरी छानविन नभएसम्म पुनर्निर्माणमा समस्या परेको हो । प्राधिकरणले यस अघिनै धरहराको शिल्यान्यास असारमै गर्ने बताएको थियो ।

तर उजुरी किन र केका लागि दिएको हो त्यो भने प्राधिकरणले खुलाउन चाहेन । ‘ठेकेदारले दिएको उजुरी जब सम्म किनारा लाग्दैन तबसम्म पुनर्निर्माणले गति लिन सकिँदैन’ प्राधिकरणका प्रबक्ता कृष्ण प्रसाद दवाडीले भने ।

प्रवक्ता दवाडीका अनुसार धरहरा परिसरबाट स्थान्तरण गर्नु पर्ने सरकारी कार्यालयहरुको भने टुङगो लागेको जानकारी दिएका छन । उनका अनुसार स्थान्तरण गर्नु पर्ने गोश्वारा हुलाकलाई चारखाल लैजाने र अन्य सरकारी कार्यालयहरु भने टक्सारमै रहनेछ ।

भुकम्पबाट ध्वस्त भएका धरहरा पुनर्निर्माणको लागि परिसर र आसपासमा नयाँ संरचना निर्माणमा भने यस अघिनै रोक लगाइएको छ ।

प्राधिकरणका अनुसार हाल बनिरहेका संरचनालाई यथास्थानमै राख्ने र नयाँ बन्ने संरचनामा रोक लगाउन प्राधिकरण र काठमाण्डौं महानगरपालिकाबीच सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL