Logo

६ दिनदेखि तामाकोशी आयोजना बन्द, मजदूर र सरकारबीच वार्ता हुँदै

६ दिनदेखि तामाकोशी आयोजना बन्द, मजदूर र सरकारबीच वार्ता हुँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ चैत, काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोशी जलविद्युत् आयोजना विगत ६ दिनदेखि बन्द रहेको छ । मजदूरले आफुहरुलाई पनि सेयर दिनुपर्ने माग राख्दै हड्ताल गरेपछि निर्माणाधिन राष्ट्रिय गौरवको आयोजनाको निर्माणकार्य अवरुद्ध भएको हो ।

आयोजनामा भइरहेको बन्द हड्ताल खुलाउनका लागि जिल्ला प्रशासन र मजदूरबीच आज वार्ता हुँदैछ । जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारीले हड्तालमा उत्रिएका मजदूरलाई समस्या समाधानका लागि वार्तामा आउने आब्हान गरेपछि दुईपक्षबीच छलफल हुन लागेको हो ।

सयमै काम सक्नेगरी द्वुत गतिमा अघि बढेको सो आयोजनामा मजदूरले सेयर माग राखी बन्द हड्तालमा उत्रिएपछि त्यसमा समेत शंका उब्जिएको छ । आयोजनामा नेपाली, भारतीय र चिनियाँ नागरिक गरी झण्डै १ हजार ५ सय मजदूर कार्यरत छन् । सोमध्ये सिनो हाइड्रोमा कार्यरत ८ सय ५० जना मजदूर भने सेयर माग गर्दै आन्दोलनमा उत्रिएको आयोजनाका प्रवत्ता गणेश न्यौपानेले जानकारी दिए । आन्लोलनरत मजदूरले आफुहरुलाई प्रतिव्यक्ति ५ सय कित्ता सेयर दिनुपर्ने माग राखेका छन् ।

प्रवत्ता न्यौपानेका अनुसार निर्माणधिन सो आयोजनाको ७३ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । कुल ३५ अर्व २९ करोड रुपैयाँ लागतमा बन्न लागेको सो आयोजनाबाट ४ सय ५० मेगावाट विद्युत उत्पादन हुनेछ ।

हाल सो परियोजनाले दोलखाबासीलाई १० प्रतिशत, ऋणदाता कर्मचारी संञ्चय कोष र नेपाल टेलिकमका कर्मचारीलाई गरी कुल ३४ प्रतिशत सेयर वितरण गरिरहेको छ । कर्मचारीहरुका लागि सेयर खुलिसकेको छ भने दोलखाबासीका लागि यही चैत ८ गतेदेखि सेयर खुला गर्ने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL