Logo

सय पदमार्ग पहिचानका लागि कार्यदल गठन, एक महिना भित्रै सुचना आह्वान

सय पदमार्ग पहिचानका लागि कार्यदल गठन, एक महिना भित्रै सुचना आह्वान



काठमाडौं । सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्न १ सय पदमार्ग गन्तब्य पहिचान गर्नका लागि कार्यदल गठन गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले योजना महाशाखा प्रमुख निता पोखरेल अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको हो । हाल उक्त कार्यदलले काम अघि बढाएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

प्रवक्ता उपाध्यायका अनुसार पदमार्ग पहिचानको लागि अबको एक महिना भित्रै सुचना आह्वान गरी प्राप्त सबै पदमार्गको डकुमेन्टहरुलाई संकलन गरिनेछ । प्राप्त डकुमेन्ट अनुसार गठित कार्यदलले दिएको सुझाब अनुसार पदमार्गको लागि सिफारिस गरिने उपाध्यायले जानकारी दिए ।

सरकारले बजेटमार्फत ल्याएको ‘पहिले देश अनि विदेश’ भन्ने नारा अनुरुप आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनको लागि विषेश अभियान चलाउने उल्लेख गरेको थियो । सोही अनुरुप तत्काल मन्त्रालयले पर्यटक पदमार्ग गठन गर्न लागेको हो ।

२०२० लाई पर्यटन वर्ष मनाउने तयारी गरेको सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउनको लागि पनि करिब १ सय पदमार्गको नयाँ पर्यटकीय गन्तब्य स्थल पहिचान गर्न कार्यदल गठन गरि काम अगाडी बढाएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार नयाँ पर्यटकीय गन्ब्यको पहिचानले भारत, चीन जापान लगायतका अन्य मुलुकका पर्यटक भित्र्याउन सहज हुनेछ । नयाँ पदमार्गको पहिचान सँगै नेपाललाई माईस टुरिजम केन्द्रको रुपमा समेत विकास गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL