Logo

होटल रेष्टुराँ खुल्ने क्रम बढ्यो, ३ महिनामा ३६४ होटल दर्ता

होटल रेष्टुराँ खुल्ने क्रम बढ्यो, ३ महिनामा ३६४ होटल दर्ता



काठमाडौं । चालू आर्थिक बर्षको पछिल्लो ३ महिनामा होटल तथा रेष्टुराँ दर्ता हुने क्रम बढेको छ । कम्पनी रजिस्टार कार्यालयको तथ्याङ्क अनुसार २०७५ बैशाखदेखि अहिलेसम्म ३ सय ६४ वटा होटल, लज, रेष्टुँरा तथा बार सञ्चालनको लागि दर्ता भएका हुन ।

कार्यालयको तथ्याङक अनुसार सुरुको ३ महिनामा दर्ता हुनेमा १ लाख रुपैयाँ अधिकृत पूँजी भएको होटल, बार, लज तथा रेष्टुँरा ९ वटा, १ लाख रुपैयाँदेखी १ करोड रुपैयाँ पूँजी भएको २ सय ६४ वटा, १ करोड रुपैयाँ देखी १ अर्ब अधिकृत पूँजी भएको ८९ वटा तथा १ अर्ब रुपैयाँ भन्दा माथी २ वटा होटल, बार, लज तथा रेष्टुँरा दर्ता भएको छ ।

कार्यालयको तथ्याङक अनुसार सबै भन्दा धेरै प्रदेश नं. ३ मा २ सय ८३ वटा होटल, बार, लज तथा रेष्टुँरा दर्ता भएका छन् भने सबै भन्दा कम प्रदेश नं. ६ मा २ वटा मात्र दर्ता भएको हो ।

उक्त कार्यालयको तथ्याङक अनुसार १ अर्ब रुपैयाँ भन्दा माथीका होटलहरुमा ग्राण्ड सिदार्थ एण्ड ग्रुप काठमाडौं र हाईलाइफ हस्पिटालिटी ललितपुर रहेका छन । सरकारले २०२० लाई पर्यटन वर्ष मनाउने तयारी गरिहेको अवस्थामा होटल, बार, लज तथा रेष्टुँरा दर्ता हुनेक्रम बढ्नु सकरात्मक भएको होटल ब्यवसायीहरु बताउँछन ।

होटल एशोसिएशन अफ नेपाल (हान) का महासचिब विनायक शाहले भने २०११ मा पर्यटन वर्ष मनाउँदै गर्दा भिजन २०२० को तयारी गरेको र सोही अनुसार होटल व्यवसायीहरु लागेको बताउँछन् । तर, नेपालमा होटल संचालनको लागि लाईसेन्स लिने धेरै भए पनि सिमितले मात्रै होटल संचालन गर्ने गरेको उनको भनाई थियो ।

हाल काठमाडौंमा मात्रै करिब १ सय वटा होटल संचालनमा रहेका छन् । ‘अहिले होटल ब्यवसाय फस्टाउँदै गएको छ । अझै राम्रो भयो भने ३ सय ६४ हाटल त एकै हप्तामा दर्ता हुन सक्छ,’ उनले भने, ‘तर कतिले ब्यवसायिक संचालन गरे भन्ने विषय मुख्य हो ।’

अबका दिनमा नेपालमा २० लाख पर्यटकको लागि खाना, बस्नका लागि कुनै समस्या नहुने शाहले जानकारी दिएका छन । नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार होमस्टेलाई पनि समेट्ने हो भने २०१८ मा नै करिब २५ लाख पर्यटक राख्न सकिने महासचिब शाहले जानकारी दिए ।

तथ्याङ अनुसार प्रदेश १ मा २१, प्रदेश २ मा ११, प्रदेश ३ मा २८३, प्रदेश ४ मा ३०, प्रदेश ५ मा १४, प्रदेश ६ मा २ र प्रदेश ७ मा ३ वटा होटल, बार, लज तथा रेष्टुँरा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL