काठमाडौं । कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले घरजग्गा मूल्याङकनको विषयमा आफु अनविज्ञ रहेको बताएका छन ।
काठमाडौंमा आयोजित चल अचल सम्पती मूल्याङ्कन कार्यशाला गोष्ठीमा बोल्दै उनले अचल सम्पत्तीको मूल्याङकन आफ्नो विषय नभएको र आफुलाई सो बारे केही थाहा नभएको स्पष्ट पारेका छन् ।
‘कस्तो घर जग्गाको मूल्याङकन कसरी गर्ने हो मलाई थाहा छैन,’ उनले भने, ‘सामाजिक सांस्कृतिक सम्पदाको कुनै मूल्य नै हुँदैन यसलाई कसरी मूल्याङकन गर्ने ?’
एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री खनालले समय, परिस्थिती र सामाजिक परिघटनाले गर्दा जग्गाको मूल्याङकनमा फरक पर्ने उनको भनाई थियो ।
नेपालमा जमिनको अबैज्ञानिक बर्गिकरणले गर्दा ठूलो समस्या उत्पन्न भएको भन्दै भूमि नीति ल्याउन लागेको समेत उनले जानकारी दिए । ‘भू नीति पारित भएर यो कार्यान्वनको अन्तिम चरणमा छ’, उनले भने, ‘हाल बनिरहेको संरचनाहरु समेत अमर्यादित रहेको मन्त्री खनालले बताए ।’
उक्त कार्यशालामा एकेडेमिक क्षेत्रबाट सुवास घिमिरे तथा प्राक्टिस एण्ड प्रोब्लम फेसिङमा मनोज ज्ञावली, बुद्धिनारायण श्रेष्ठ लगायतले ४ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चार्टड सर्भियर सम्भु ज्ञावलीले बताए ।
कार्यक्रममा बुद्धिनारायण श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै जग्गाको मूल्याङकनमा एक रुपता ल्याउनु पर्ने बताएका छन । श्रेष्ठले बैंकहरुले मनोमानी ढङगले जग्गाको मूल्याङकन गर्दा सहि मूल्याङकन हुन नसकेको बताएका हुन ।
साथै उनले भावनात्मक मूल्याङकन हुने भन्दै सहि मूल्याङकन गर्न ईन्जिनियरहरु नै हुनु पर्ने र मूल्याङकनकर्तालाई तालिम तथा ब्यबहारीक ज्ञान दिनु पर्ने बताएका छन ।