Logo

बर्षाका कारण अझै ३ विमानस्थल अवरुद्ध, तराईमा डुवानको खतरा

बर्षाका कारण अझै ३ विमानस्थल अवरुद्ध, तराईमा डुवानको खतरा



काठमाडौं । अविरल वर्षाका कारण नेपाली आकासमा उडने जहाजहरु प्रभावित भएका छन ।

आईतबार राती देखी परेको वर्षाले पोखरा, लुक्ला भैरहवा, भरतपूर तथा जनकपुरको हवाईसेवा अवरुद्ध भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महा प्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

विहान देखी परेको बर्षातले अवरुद्ध भएको विमानस्थलहरु मध्य अझै पोखरा, लुक्ला र भैरहवा विमानस्थल भने खुल्न सकेको छैन ।

तराईमा डुवानको खतरा भए पनि अहिले सम्म कुनै पनि विमानस्थलहरु डुबानमा नपरेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL