Logo

अब देखी पर्यटकीय बसपार्क सोह्रखुट्टेमा, कान्तिपथबाटै संचालन गर्न माग

अब देखी पर्यटकीय बसपार्क सोह्रखुट्टेमा, कान्तिपथबाटै संचालन गर्न माग



काठमाडौं । करिब तीन दशकदेखि कान्तिपथबाट पर्यटकलाई ओहोरदोहोर गराएको कान्तिपथ पर्यटकीय बसपार्क शनिबार देखी सोह्रखुट्टेमा सारिएको छ ।

काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा सोह्रखुट्टेमा सारिएको हो ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले कान्तिपथको बाटामा पार्किङ गर्दा समस्या हुने भएकाले बसपार्क सारिएको बताए ।

‘दैनिक हजारौँ सवारी साधन ओहोरदोहोर गर्ने ठाउँमा पार्किङ गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको थियो’, उनले भने । हाल कान्तिपथबाट पोखरा र चितवनको सौराहाका लागि झण्डै एक सय बस आवतजावत गर्दै आएका छन भने दैनिक करीब ३ हजार यात्रु ओहोरदोहोर गर्छन ।

टुरिष्ट बस एशोसिएसन अफ नेपालका उपाध्यक्ष ढकनाथ काफ्ले कान्तिपथबाट पर्यटकीय बसपार्क सार्दा पर्यटकलाई समस्या हुने बताउँछन । ‘सरकारले सन २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, यसरी बसपार्क सार्दा उक्त लक्ष्य पूरा हुन गाह्रो हुने देखिन्छ’, उनले भने ।

सरकारले पर्यटकीय बसका लागि छुट्टै बसपार्क निर्माण नगर्दासम्म कान्तिपथबाटै सवारी सञ्चालन गर्न पाउनुपर्ने उनको भनाइ छ । लामो समयदेखि व्यवसायीले बसपार्कका लागि पहल गरे पनि आवश्यक जग्गा नहुँदा अहिले अस्थायी रुपमा सोह्रखुट्टेको सडकमा उक्त बसपार्क सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL