Logo

निगमको भण्डारण क्षमता ३ दिन मात्र पुग्ने

निगमको भण्डारण क्षमता ३ दिन मात्र पुग्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१ चैत, काठमाडौं । नेपाल आयाल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालयको भण्डारण क्षमता बढाउन व्यवसायीहरुले आग्रह गरेका छन् । सो कार्यालयमा तीन दिनलाई पुग्ने भण्डारण क्षमता नभएको भन्दै यस्तो माग गरेका हुन् ।

पेट्रोलियम डिलर्स एसोसिएसन कोसी विराटनगरको १३औँ साधारणसभामा शनिबार व्यवसायीले निगमका डिपोहरुको पेट्रोलियम पदार्थ भण्डारणको क्षमता समयअनुसार नबढाउदा व्यवसायी र आयल निगममा सबैले झमेला खेप्नु परिरहेको व्यवसायीहरुले गुनासो गरेका थिए ।

सो अवसरमा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले तत्काल नेपालमा नयाँ डिपो थप्न सक्ने सम्भावना नभए पनि भएकामा सुधार गरी क्षमता बढाउने तयारी भएको बताए । साथै आयाल निगममा बर्षैदेखिको समस्याको थुप्रो रहेको जानकारी दिए । साथै समस्याको समाधानका लागि व्यवसायीसँगको समन्वय गरि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा निगमका निर्देशक मुकुन्द घिमिरेले अन्य समस्यामा ध्यान पुरयाउन नसक्नुको मुख्य कारण विगतमा भएको आर्थिक समस्या रहेको बताए । तयस्तै पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले निगमले व्यवसायीसँग गरेको सम्झौता तत्काल कार्यान्वयनमा ल्याउन माग गरे ।

कार्यक्रममा एलपी ग्यास संघका राष्ट्रिय अध्यक्ष शिवप्रसाद घिमिरे, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका महासचिव विश्व अर्याल, सभासद् एवम् मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा, नेपाल आयल निगम पूर्वाञ्चल निर्देशक भुवन रेग्मीलगायतले डिपोको क्षमता तत्काल बढाउन मागर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्