Logo

माथिल्लो तामाकोशीले सेयर निष्काशनको लागि स्वीकृति पायो, एकहप्ता भित्रै सेयर निष्काशन

माथिल्लो तामाकोशीले सेयर निष्काशनको लागि स्वीकृति पायो, एकहप्ता भित्रै सेयर निष्काशन



काठमाडौं । बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

आयोजनाले धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्नका लागि बुधबार स्वीकृति पाएको आयोजना प्रमुख बिज्ञान श्रेष्ठले बिजखबरलाई बताए ।

आयोजनाले स्थानीयको लागि चैतको पहिलो हप्तामै सेयर निष्काशन गर्ने तयारी गरेको थियो । तर, दोलखामा आन्दोलित पक्षले जिल्लाबासीलाई वितरण गर्ने सेयरमा समुह क, ख र ग नबनाई अति प्रभावित र प्रभावित २ समुह बनाई सेयर वितरण गर्नु पर्ने माग राख्दै आएका छन् ।

तर, आयोजनाले भने आन्दोलनरत पक्षको माग विपरित पुरानै व्यवस्था अनुसार सेयर वितरण गरिने जानकारी दिएको छ । सोही अनुरुप आयोजनाले अबको एक हप्ता भित्रै १५ दिने सुचना प्रकाशित गरी आवेदन माग गर्ने जानकारी दिएको छ ।

कुल २ करोड ६४ लाख ७५ हजार कित्ता आर्इपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो । कम्पनीले कुल कित्तामध्ये १ करोड ५ लाख ९० हजार कित्ता (१०५) आयोजना प्रभावित स्थानीयलाई र १ करोड ५८ लाख ८५ हजार कित्ता (१५५) सर्वसाधारणलाई बिक्री गर्न अनुमति पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL