Logo

आफ्नै विमानस्थल देखेर किन भए लज्जित पर्यटन मन्त्री अधिकारी ?, यस्तो छ कारण

आफ्नै विमानस्थल देखेर किन भए लज्जित पर्यटन मन्त्री अधिकारी ?, यस्तो छ कारण



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीले आफ्नै देशको विमानस्थल देखेर लज्जित भएको बताएका छन ।

मन्त्री अधिकारीले विमानस्थलमा भएको कामको गतिविधि तथा पूर्वधारको अबस्था देखेर लज्जित हुनु परेको बताएका छन् । ‘मन्त्रालयमा काम भईरहेको भन्ने जानकारी गराईन्छ फिल्डमा भने बन्द हुन्छ,’ मन्त्री अधिकारीले भने, ‘कुनै कामको प्रगतिको बारेमा सोध्दा कुनै पनि योजनालाई कसैले ३÷४ बर्ष कसैले अब १ बर्षमा सकिन्छ भन्न्छन,’ उनले भने, ‘तर, कसैले पनि तोकेको समय भन्दा अगाडी काम सम्पन्न गरेका छैनन् त्यसैले म लज्जित छु ।’

नेपालमा हवाई यातायात सुधारको पहल सम्बन्धी सेमिनारमा बोल्दै हवाई सुरक्षामा विशेष चासो दिनु पर्ने बताएका छन । साथै उनले २१ सदस्यीय विज्ञ समुहले प्रस्तुत गर्ने कार्यपत्रले दिएको सुझाबलाई आत्मसाथ गर्दै लैजाने समेत प्रतिबद्धता गरेका छन । सडक दुर्घटनालाई कसैले चासो दिँदैन तर हवाई दुर्घटनामा नेपाल मात्र नभई विश्वको ध्यान केन्द्रीत हुने बताउँदै हवाई सुरक्षामा सबैले गहन भएर लाग्नु पर्ने बताएका हुन ।

नेपालमा ५० लाख पर्यटक भित्र्याउनु ठुलो कुरा नभएको तर त्यति पर्यटक ल्याउँदा के कस्ता पूर्वाधा आवश्यक हुन्छ सो विषयमा कसैले चासो नदिएको उनको गुनासो थियो । ‘पर्यटक भित्र्याउन पूर्वधार लगायत केके को आवश्यक छ त्यसमा ध्यान दिन जरुरी छ,’ उनले भने, ‘नेपालमा पर्यटक धेरै समय नबस्नुको कारण एयरपोर्ट नभएर पनि हो ।’

विशेष गरी सडक तथा पूर्बधारको अवस्था र प्रदुर्षणको कारणले पर्यटकहरु नेपालमा लामो समय नबस्ने गरेको समेत उनको तर्क थियो । जबसम्म नेपालमा सडक लगायत अन्य पूर्वधारको विकास हुँदैन तबसम्म पर्यटकको बसाई लम्ब्याउन नसकिने उनको तर्क थियो ।

आज हुने सेमिनारमा २१ सदस्यीय विज्ञ समुहले ४ समुहमा रहेर कार्यपत्र प्रस्तुत गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL