काठमाडौं । सरकारले देशका सबै विमानस्थलमा फ्रि वाईफाई सेवा उपलब्ध गराउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उच्च स्तरको वाईफाई सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
बिहीबार भएको छलफल अनुसार सबैभन्दा पहिला त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट उक्त सेवा सुरु गरिने छ । टीआईएको आन्तरिक विमानस्थलमा अबको १ महिना भित्रै उक्त सेवा उपलब्ध गराउन मन्त्री अधिकारीले निर्देशन दिएका हुन् ।
विगतमा भएको टेलिकमको वाईफाईले राम्रो सर्भिस नदिए पछि टेलिकमको वाईफाई हटाएर अन्य निजी आईएसपीको ईन्टरनेट राख्न लागेको पर्यटन मन्त्री अधिकारीको प्रेस संयोजक धुब्र पोखरेलले बताएका छन ।
पोखरेलका अनुसार अवको १ महिना भित्र त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा सेवा सुरु गर्न सम्भवत तत्काल टेण्डर आह्वान गर्नेछन । एक महिना भित्रै टेण्डर आह्वान गरी फ्रि वाईफाई सञ्चालन गर्नेछ ।
देशका अन्य विमानस्थलहरुमा भने विस्तारै सेवा विस्तार गर्ने पोखरेलले बताए ।