Logo

‘इन्ट्राडे’मा साढे ५ अंक घट्यो नेप्से, अधिकांश परिसुचक रातो

‘इन्ट्राडे’मा साढे ५ अंक घट्यो नेप्से, अधिकांश परिसुचक रातो


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

२८ फागुन,काठमाडौं । साताको अन्तिम दिन (बिहीबार) नेप्से परिसुचक ५ दशमलव ६२ अंकले घट्यो ।सो दिन कारोवारमा आएका समूहमध्ये विकास बैंक र उत्पादन बाहेक बाँकी समुहको परिसुचक घटेपछी समग्र नेप्से परिसुचकमा दबाब परेको हो ।

यो साता सोमवार र मंगलवार बाहेक बाँकी कारोवार दिन नेप्से घटेको छ । अहिले ठूलो मात्रामा प्राथमिक सेयर निष्काशन(आइपीओ) भएकाले पनि लगानीकर्ताको आकर्षण दोश्रो बजारमा घटेको छ । दोश्रो बजारको तुलनामा आइपिओको लगानी सुरक्षित र राम्रो प्रतिफल सहितको हुने भएकोले पनि यस्तो देखिएको हो ।

पछिल्लो समयमा बैंकहरुमा रहेको तरलतामा कमी आउनु, अधिकांश कम्पनीहरुले चालु आवको लाभांश वितरण गरिसक्नु ,ठूलो मात्रामा आइपिओ निष्काशन हुनलगायत कारणले नेप्से परिसुचक अपेक्षित रुपमा बढ्न सकेको छैन ।

बिहीवार कारोवारमा आएकामध्ये बिमा समुह अन्तर्गतका कम्पनीहरुको परिसुचक सवैभन्दा धेरै ७३ दशमलव ८४ अंकले घटेको छ । यस्तौ बैंकिङ समुहको परिसुचक ४ दशमलव ९१ अंक, जलविद्युत १८ दशमलव ११, होटल समुहको ६ दशमलव ४१ र फाइनान्स समुहको परिसुचकमा ० दशमलव ८३ अंकले गिरावट आएको छ ।

यता विकास बैंक तथा उत्पादन समुहको सुचक भने क्रमशः १ दशमलव ५६ र २ दशमलव ८ अंकले उकालो लागेको छ । सो दिन १ हजार ७ सय ११ ओटा व्यापारबाट १ सय ५३ कम्पनीको ५ लाख ७० हजार ३ सय ३० कित्ता सेयर किनबेच भएको छ । सो किनबेचबाट १९ करोड ७४ लाख परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL