काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष भित्रमा मेचीमहाकाली विद्युतीय रेलमार्गको सम्भाब्यता अध्ययन (डीपीआर) तयार गर्ने भएको छ ।
आगामी आबमा काकटभिट्टा बर्दिबास, वुटवल गड्डचौकी र मेची महाकाली काठमाडौं लिंकमार्गको डिपीआर समेत तयार गर्ने भएको हो ।
त्यस्तै सरकारले आगामी आबमा वीरगञ्ज काठमाडौं, बर्दिबास सिमरा रेलमार्ग र रसुवागढी– काठमाडौं– पोखरा रेलमार्ग निर्माणको डिपीआर तयार गरी निर्माणकार्य सुरु गर्ने भएको छ ।
तर, काठमाडौँ, पोखरा–लुम्बिनी रेलमार्गको सम्भाब्यता अध्ययन भने यस अघिनै चिनियाँ टोलीले गरी सकेको छ । साथै चीनको केरुङदेखि काठमाडौं सम्मको रेलमार्गको सम्भाब्यता अध्ययन पनि चिनीयाँ टोलीले नै सुरु गरी सकेको छ ।
सरकारले गर्ने रेलमार्गको सम्भाब्यता अध्ययनसँगै जनकपूर जयनगर ३५ किमीको रेलमार्ग भने सम्पूर्ण निर्माणको काम सकेर २०१८ भित्रै सञ्चालनमा ल्याउने भएको छ ।
उपत्यकामा केबलकार
सरकारले काठमाडौं उपत्यकामा मोनो तथा मेट्रोरेल संचालनको चर्चा गरे पनि यस अघि बहसमै सिमित भएको थियो ।
तर, आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै डीपीआर तयार गरी निर्माण कार्य सुरु गर्ने बजेट बक्तब्यमा उल्लेख छ ।
सरकारले उपत्यका भित्र केबलकार, मोनो तथा मेट्रोरेलको सम्भाब्यता अध्ययन (डीपीआर) तयार गरी निर्माण कार्य सुरु गर्ने भएको हो ।
रेल विभागले यस अघि नै काठमाडौंको थानकोट देखी जगाती, रिङरोड, बौद्ध देखि स्वयम्भु लगायत काठमाडौंको ५ स्थानमा मोनो रेल संचालन गर्ने बताएको थियो ।
सो कार्यका लागि केही काम अगाडी बढी सकेको र लगानी बोडले लगानी जुटाए पछी थप काम अगडी बढने विभागले जानकारी दिएको थियो ।